सुजुकीको एक्सप्रेस सर्भिसः स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारी साधनमा समस्या आए फोन गर्नुुहोस्

काठमाडौं– नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्ग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी एक्सप्रेस सर्भिस दिन थालेको छ ।
कम्पनीले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारी साधनको एक्सप्रेस सर्भिस सुचारु गरेको हो । कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गरेको पनि जनाएको छ ।
सीजी मोटोकर्पका अनुसार संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनको लागि यो सर्भिस सुरु गरिएको हो ।
यसका लागि प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा रहेको सीजी मोटोकर्पले जनाएको छ । धोबीघाट स्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जति सक्दो चाँडो यो सेवा सुरु गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सुजुकी गाडी सम्बन्धी कुनै पनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ ।
कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरको शैक्षिक मेला
-
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
-
पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा
-
कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान
-
प्रथम नेपाली नर्स विद्यावती कंसाकारको कथा
-
सङ्खुवासभामा महिलाको शव फेला