शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं र तनहुँमा गरी चार जना मृत अवस्थामा फेला

आइतबार, १४ वैशाख २०७७, १२ : १५
आइतबार, १४ वैशाख २०७७

काठमाडौं –काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने सोही महानगरपालिका–२२ टेवहाल घर भएकी ९४ वर्षीया कान्छी बज्राचार्य शनिबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । 

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका–४ बाराही टोल बस्ने मोरङ केराबारी घर भएका २२ वर्षीय अर्शित मगर आफ्नै कोठामा शनिबार राति मृत अवस्थामा फेला परेका छन् । 

तनहुँ, ऋसिङ गाउँपालिका–३ मास्तीघाटस्थित सेती नदीमा ब्यास नगरपालिका–१ भादगाउँ बस्ने ३५ वर्षीया रबिता श्रेष्ठ र उनकै छोरी ११ वर्षीया प्रिया श्रेष्ठ शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप