बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा असिनाको कहर : बाली सखाप, घरको छाना चुहिन थाल्यो

आइतबार, १४ वैशाख २०७७, ११ : ५२
आइतबार, १४ वैशाख २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा–१ भसेढवास्थित महिला प्राथमिक विद्यालयमा असिनाको कारण ठूलो क्षति भएको छ । शुुक्रवार अपरान्ह वर्षासँगै आएको ठूलो आकारको असिनाले विद्यालय भवनको छानामा क्षति भएको हो ।

सामान्यभन्दा निकै ठूला आकारको असिनाले विद्यालय भवनको छानामा रहेको प्रायः सबै युपिभिसी कर्कटपाता फुुटेर करिब दुुई लाख ५० हजार रुपैयाँको क्षति भएको प्रधानाध्यापक राममङ्गल यादवले जानकारी दिए ।

असिनाले कटहरिया–१ का १५ सय घर, गुुजरा नगरपालिका वडा–६ का ६ सय घर र फतुवा बिजयपुर नगरअन्तरगत दुुईसय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यसैगरी असिनाको कारण तीनवटै नगर क्षेत्रअन्तरगत सैयौँ बिगा मकै, गँहुु, तरकारी, आँपलगायत नष्ट भएर करोडौँको क्षति भएको छ ।

विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका सिडिओ वासुुदेव घिमिरे, एसपी रविराज खड्का, प्रदेश सांसद कुुन्दन कुुश्वाहाले शनिवार साँझ असिना प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

असिनाको कारण अधिकांश घरको छाना चुुहिरहेकाले सिडिओ घिमिरेले तत्काल दुुई सय २० थान र कटहरिया नगरप्रमुख सीयाराम कुुश्वाहाले एक सय १० थान गरी तीन सय ३० थान त्रिपाल पीडितहरुलाई बितरण गरेका थिए ।

उता, गुुजरा नगरप्रमुख सन्तलाल चौधरीले वडा–६ का पाँचसय परिवारलाई एक–एक थान त्रिपाल र दुुई किलोको दरले प्लास्टिक तत्काल घरको छानामा राख्न वितरण गरेका थिए ।

लकडाउनको कारण सबैभन्दा बढी गरिब बिप्पन पीडित भइरहेको अवस्थामा वर्षासँगै आएको असमान्य असिनाको कारण कटहरिया, गुुजरा र फतुवा विजयपुर नगरपालिकाका सयौँ परिवारलाई थप पीडा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप