शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आरडीटीमा पोजेटिभ देखिएका १० मध्ये ६ जनाको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ

आइतबार, १४ वैशाख २०७७, ११ : ३४
आइतबार, १४ वैशाख २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ देखिएका १० जनाको नमूनाको पीसीआर परीक्षण गर्दा ६ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट संकलन गरिएको आरडीटी परीक्षण गर्दा   १० जनामा कोभिड–१९ को पोजिटिभ देखाएको थियो जसमध्ये पीसीआरबाट ६ जनाको नतिजा नेगेटिभ आएको छ र ४ जनाको रिजल्ट आउन बाँकी रहेको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।

हालसम्म प्रदेशमा आरडीटी बाट १११७२ जनामा परिक्षण गरिएको मध्य १११६२ जनामा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

 १० पोजिटिभ रिपोर्ट मध्य पिसिआर वाट भने  ६ मा नेगेटिभ आइसकेको र अन्यको रिपार्ट आउन वाकी रहहेको उनले बताए ।

आरडीटी परिक्षणबाट गएको २४ घण्टामा ९६८ आरडीटी परिक्षण गरेको र सबैको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अझै प्रदेशमा २२९६ आरडिटी कीट स्टक रहेको जनाइएको छ । हालसम्म पीसीआरका लागि बाट २७३८ जनाको स्वाब नमुना संकलन गरेको र २७१९ जनामा जाँच गरेको उनले बताए ।

यसमध्ये हालसम्म २७१४ जनाको रिपोट नेगटिभ आएको छ भने ५ जनाको पोजिटिभ भेटिएको छ । पोजिटिभ ५ जना मध्ये ४ जना निको भएर घर फर्किसकेका न् भने एक जना को सेती प्रादेशिक अस्पतालमा  उपचार भइरहेको कार्कीले जानकारी दिए ।

धनगढीमा स्थापना गरिएको पीसीआर मेसिनबाट ४३२ वटा स्वाब नमुनाको परीक्षण गरिएको उनले बताए ।

१३८२ जना क्वारेन्टाईनमा बसेका मध्ये १२१५ जना पुरुष र १६७ जना महिला रहेको जनाइएको छ । आइसोलेसनमा ७ जना रहेको र १०६ जना उपचारपछि घर गइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप