मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङ–उनको स्वास्थ्यबारे विभिन्न अनुमान

आइतबार, १४ वैशाख २०७७, ०९ : ३१
आइतबार, १४ वैशाख २०७७

वासिङ्टनस्थित उत्तर कोरिया मोनिटरिङ प्रोजेक्टले स्याटलाइट इमेजको समीक्षा गरेर उत्तर कोरियाको रिजोर्ट टाउन वोनसनमा सम्भवतः किम जोङ–उनले प्रयोग गर्ने एउटा रेल खडा भएको बताएको छ । मोनिटरिङ प्रोजेक्ट ३८ नर्थका अनुसार रेल २१ अप्रिलमा वोनसनको लिडरशिप स्टेनमा पार्क गरिएको थियो ।

मोनिटरिङ प्रोजेक्ट ३८ नर्थका अनुसार यो स्टेशन किम जोङ–उनको परिवारका लागि सुरक्षित मानिन्छ । यो रिपोर्टलाई समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको हो । मोनिटरिङ ग्रुपको रिपोर्टलाई रोयटर्सले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन र यो किम जोङ–उनकै हो भनेर किटान पनि गरेको छैन ।

रिपोर्टमा भनिएको छ, ‘रेलको उपस्थितीले किम जोङ–उन कहाँ छन् र उनको स्वास्थ्य कस्तो छ भन्ने जानकारी हासिल गर्न सकिएको छैन । तर उनी देशको सबैभन्दा महत्वपूर्ण पूर्वी तटीय इलाकामा छन् भन्नेबारे भने पक्कै पत्ता लागेको छ ।’

दक्षिण कोरियाको राजधानी सोलस्थित समाचार वेबसाइट डेली एनकेको रिपोर्ट अनुसार किम जोङ–उन प्योङयाङको उत्तरी इलाकाको रिसोर्ट काउन्टी अफ ह्याग्सनमा स्वास्थ्य उपचार गराइरहेका छन् । डेली एनकेले यो खबर उत्तर कोरियामा रहेका एक नाम नखुलाएको स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी न्यूजइजका अनुसार किम सायद कोभिड–१९ को संक्रमणबाट बच्नका लागि वोनसममा बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप