बेलायतमा कोरोनाबाट ३३ नेपालीको मृत्यु , ४० भन्दा बढी संक्रमित

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
यसैगरी, बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भने, २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।
कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ । बेलायतमा विशेषगरि पूर्व गोर्खाहरु बढी भएकोले बृद्धबृद्धाहरुको संख्या धेरै भएकोले कोरोनाको निकै प्रभाव पर्ने देखिन्छ ।
बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् ।
विश्वभरी कोरोनाबाट मृत्यु हुने २० हजार माथिका मुलुकहरु अमेरिका, स्पेन, इटाली र फ्रान्सपपछि बेलायत पाचौं स्थानमा रहेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वमा २ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?