केन्द्रीय संस्करण

बेलायतमा कोरोनाबाट ३३ नेपालीको मृत्यु , ४० भन्दा बढी संक्रमित

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

यसैगरी, बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  भने, २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।  मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।

कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ । बेलायतमा विशेषगरि पूर्व गोर्खाहरु बढी भएकोले बृद्धबृद्धाहरुको संख्या धेरै भएकोले कोरोनाको निकै प्रभाव पर्ने देखिन्छ ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ  बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् । 

विश्वभरी कोरोनाबाट मृत्यु हुने २० हजार माथिका मुलुकहरु  अमेरिका, स्पेन, इटाली र फ्रान्सपपछि बेलायत पाचौं स्थानमा रहेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वमा २ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.