सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अनलाइन शिक्षाको आवश्यकता र औचित्य

शनिबार, १३ वैशाख २०७७, २१ : ०५
शनिबार, १३ वैशाख २०७७

बिकाश कुमार गुप्ता :

संसारभर नै कोरोना(COVID -19) को कहर छ। विश्वभरीकै शैक्षिक-आर्थिक अवस्था महामारीको प्रभावमा परेको छन र ध्वस्त हुने अवस्था रहेको छ। यसैबीच २०७७ साल बैशाख १० गते प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले त्रिभुवन विश्वबिध्यालयले अनलाइनबाट पठनपाठन गराउने औपचारीक निर्णय गरेको छ। यसको लागि अधिकांश क्याम्पस विभाग र स्कुलको (Zoom id) तयार भएको पनि खबर आएको छ।

अब अनलाइन शिक्षाको आवश्यकता र औचित्य बारे कुरा गरौ, अनलाइन शिक्षाले के मदत पुर्याउछ र यस्को सबल पक्ष के हो? पहिलो, अनलाइन शिक्षाको माध्यमले जो कोही बिद्यार्थी जहाँ बसेर पनि पढ्न सक्छ र यसले बिद्यार्थीलाई पढ्नको निम्ति कलेज ,क्यामपसमा पुग्नुपर्ने झन्झट बाट टाढा राख्छ।

दोस्रो, अनलाइन शिक्षाको पद्धतिले समयको बचतका साथै कम शुल्कमा विद्यार्थीले शिक्षा आर्जन गर्न सक्छन्।साथै विद्यार्थीले आफ्नो सुबिधा अनुकुल सुहाउँदो वातावरणमा पढ्न मिल्दछ।

पूर्वतयारी बिना (online) कक्षा सञ्चालन गर्न चुनौतीपूर्ण रहेको छ।'जब पर्यो राति तब बुढी ताती ' भनेझै त्रि.बि. जस्ता स्वायत्त शैक्षिक संस्थाले पहिले नै आउन सक्ने चुनौतीको अध्यन गरि कार्यसुची बनाउनु पर्ने थियो र त्रि. विले त्यस्तो नगरेको देखियो र अझै पनि पुर्ब तयारी नगर्ने संस्कार यसपालि पनि त्रिभुवन बिश्वबिद्धालयले दोहोरायो।

हाम्रो देशमा विपत ब्यबस्थापन र त्यससँग पार पाउन पूर्वतयारी हुने चलन छैन र संबंधित निकायले बेलामै त्यस्तो गरेको पनि देखिदैन । कोरोना महामारी चीनको वुहानमा डीसेम्बरमा फेला परेको थियोे ,त्यतिबेला हाम्रो देशमा विभिन्न शैक्षिक संस्था तथा कलेजहरुले पठनपाठन  गराइरहेको अवस्था थियो। त्यसपछिको घटनाक्रमले जुन गतिमा विश्वभर कोरोना फैलियो र विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गर्यो।

माघबाट चीनमा सुरु भएको कोरोना नेपालमा सरकारले पूर्णरुपले चैत १० गते बाट बन्दाबन्दी(lockdown ) गर्यो। अब प्रश्न आउँछ माघ र फागुन , यी बितेको २ महिनामा आउनसक्ने चुनौतीबारे कतिको गम्भीर भएर अध्यन गरे र बिकल्प खोजे भन्ने बारे।उत्तर निराशा बाहेक अरु केही भेटीदैन।  कुनैपनी विश्वबिद्यालयले त्यस अवधिमा बैकल्पिक शिक्षा दिने बारे सोचेन र संसारभरी फैलिरहेको (COVID-19) को तमासा हेरी बस्यो।

जहाँ संसारभरका विश्वबिद्यालय (COVID-19) बारे अध्यन अनुसन्धानमा जुटेका छन् भने हाम्रो विश्वबिध्यालयको हरेको गतिविधि ठप्प छन् ।हामीले हाम्रो विश्वबिध्यालय संग संसारको ख्याति प्राप्त गरेको बिश्वबिद्यालयको तुलना गर्नु हुँदैन । हामीसंग उनीहरूको जस्तो स्रोत साधन र पूर्वाधारहरु छैनन्  तर हामिहरुले कमसेकम यस्तो परिस्थिति बारे न्युनतम आशा गर्नुपर्ने हुन्छ। जहाँ विश्वबिद्यालयको देश सुहाउँदो विकल्प प्रस्तुत गरोस् ।

यस्तो बेलामा त्रिविले lockdown को एकमहिना पछि विकल्पको रुपमा अन्लाईन पढाउने निर्णय गरेको छ भने यो कत्तिको उपयुक्त र ब्यबहारिक छ ,यसला चुनौतीहरु के छन् यी सबै  हामीले यहाँ चर्चा गर्ने छौ।

१. प्रविधिमा पहुँच :

सर्वप्रथम त्रि वि ले यस्तो निर्णय गर्दा पहिलो अनुमान त सबै शिक्षक र बिध्यार्थीको प्रविधिमा पहुँच छ भन्ने अनुमान गरेको हुनुपर्छ। तर यथार्थमा देशका कुनाकुनाका सम्पुर्ण बिध्यार्थी ,के प्रविधिको पहुँचमा छन् त?समान्य रुपमा समाजिक संजालको प्रयोग गर्ने बिध्यार्थी तथा शिक्षक अन्लाईन कक्षा दिन र लिन सक्षम छन्? लकडाउनको समयमा काठमाडौमा अध्यानरत धेरै बिध्यार्थी हरु गृहजिल्ला पुगेका छन् भने विभिन्न जिल्लाका सदरमुकाममा पढ्ने बिध्यार्थीहरु गाउँ प्रवेश गरेका छन्।

यस्तोमा  अनलाइन शिक्षाको लागि सबै भन्दा आवस्यक र महत्त्वपूर्ण कुरा ईन्टरनेट सुबिधा हो ,अब भने के सबै बिद्यार्थीहरु समान ईन्टरनेटको (मोबाईल नेटवर्क वा वाई-फाई ) पहुँच छन्  त ? भएको ईन्टरनेट सेवा कति ठाँउमा बन्दाबन्दीले पैसा नतिर्दा बन्द भएका छन भने मोबाईलमा ईन्टरनेट चलाउन सजिलै रिचार्ज कार्ड पाउन पनि गर्हो छ ।

यस्तो अवस्थामा बिद्यार्थी र शिक्षकलाई पुर्व प्रविधि बारे तालिम नदिइ , अनुमान को भर मा मात्रै अन्लाईन शिक्षा प्रभावशाली नहुने देखिन्छ। डरै-डर र त्रासको बेला अध्यन अध्यापन प्रभावशाली नहोला भन्ने आशंका छ ।
२. असमान अवसर : 

 अनलाइन कक्षा सचालन गर्दा सबैले शिक्षामा समान अवसर पाउने अवस्था छैन। न्यू योर्क टाइम्स मा अप्रिल ६ गते प्रकाशित एउटा खबर अनुसार त्यहाँका भिडियो confrencing मार्फत अन्लाईन कक्षा संचालन गर्दा आधा वा सो भन्दा कम बिद्यार्थीहरुको उपस्थिति रहने गरेको जनाएको छ ।

अमेरिका जस्तो श्रोत साधनमा र प्रबिधिमा पहुच भएको देशमा हालको अवस्थामा अन्लाईन शिक्षण प्रणाली चुनौतीपूर्ण देखिन्छ भने हामीले स्रोत साधनमा बिद्यार्थीहरुको असमान पहुँचले गर्दा चुनौती झेल्नुपर्ने हुन्छ भन्ने कुरो सजिलै अनुमान लगाउन सकिन्छ ।

४. व्यवस्थापन : 

शिक्षक तथा प्रशासनिक व्यवस्थापन पनि हालको अवस्थामा चुनौतीपुर्ण देखिन्छ। अझै पनि त्रि.बि र त्रि.बि मातहतका सबै कलेज प्रशासन Digitilise नभएको अवस्थामा प्रशासनसमक्ष ठुलो चुनौती देखिन्छ ।
अर्धबर्षिक पाठ्य अवधिमा  बिद्यार्थीको लागि हाजिरी अनिवार्य हुन्छ , यस्तोमा अन्लाईन कक्षाको हाजिरी व्यवस्थापन र सो कक्षा छुटाएका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे सोच्नु पर्ने हुन्छ ।

५. त्रिभुवन बिश्वबिद्धालयको अवस्था र पाठ्यक्रम :

त्रि.बिले खुला बिश्वबिद्धालयको अवधारणा राखे पनि मुख्यत यसको चरीत्र अझै पनि साधारण बिश्वबिद्धालय नै हो जहाँ प्रत्यक्ष भौतिक सह्भागिता मा पठ्नपाठ्न र मुल्यांकन गरिन्छ । यो भीषण परिस्थितिको बेला देश भरिको शैक्षिक संस्थाले अन्लाईन कक्षा संचालनको सट्टा निम्न कुरामा ध्यान दिन सक्छन् :

१.बिद्यार्थी हितको निम्ति संबंधित सबै क्याम्पसहरुले बिद्यार्थीहरुको सम्पर्क  विवरणमा सम्पर्क गरि हालको अवस्था र परिस्थिति बारे गम्भीर भई बुझने र आवस्यक परेको बिद्यार्थीलाई मदत तथा सहयोग गरि अभिभावकत्व प्रधान गर्ने ।

२. अन्लाईन मार्फत विभिन्न रचनात्मक खुला प्रतियोगिता गर्ने।

३. हालको समयलाई अध्यन अनुसन्धानमा लाग्ने ताकी यस पटकलाई नभए पनि आउने दिनमा आउन सक्ने अप्ठ्यारो र जटिलता सामाना गर्न सकियोस् र बैकल्पिक बाटो दिन सकियोस् ।
४. बन्दाबन्दी खुले सङै पक्कै पनि शैक्षिक Calender अनुसार कम समयमा गर्नु पर्ने कामहरु चाप धेरै हुने भएकोमा सो को तयारी र सो बारे कार्यसूचि आहिले बाट बनाउने ।

अन्त : अन्लाईन कक्षा सन्चालनले केही सिमित बिद्यार्थीलाई सजिलो होला र केही पाठ्यक्रम सकिएला तापनी धेरैजसो बिद्यार्थीले पढ्न पाउने हक बाट बन्चित हुने छन्।
यस्तो बेलामा अन्लाईन कक्षा संचालन प्रचार मुखी र सञ्चारमाध्यमहरु मा सार्वजनिक खपतको  बिषय बन्ला तर वास्तवमा ब्यवारिक , फाइदाजनक र लाभदायक नहुने भएकोले यस्तो गर्नु मुर्खता सबित हुन सक्छ । तसर्थ यस बारे सम्बन्धि सबै निकायले गम्भीरतापुर्बक ध्यान दिनु जरुरी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप