मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिपूरमा तनाव, सडकमा विद्यार्थी कुटिए

मेयर भन्छन्–‘हामीले निःशूल्क खाना खुवाइरहेका छौँ’
शनिबार, १३ वैशाख २०७७, १६ : १२
शनिबार, १३ वैशाख २०७७

काठमाडौं । राजधानीको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो । 

शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउको लात्ती प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सुरक्षा माग्दै प्रहरी वृत्त कीर्तिपुर जाँदै गर्दा विद्यार्थीहमाथि कुटपीट भएको जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता रुप नारायण श्रेष्ठले बताएका छन् । 

राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता हेमराज थापाको सुरक्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्रमण गरिएको विद्यार्थीहरुले बताएका छन् । 

जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद सुरु भएको हो । यसबारेमा हामीले नगरपालिकाका मेयर रमेश महर्जनसँग कुराकानी गरेका छौँः 

अहिले लकडाउनको समयमा पनि कीर्तिपुरमा विद्यार्थीमाथि आक्रमण भएको छ । किन कीर्तिपुरमा आजभोलि तनाव सिर्जना भएको हो ? 

यो घटना मसँग सम्बन्धित छैन । आज बिहान साढे ११ बजे यो घटना थाहा पाएको थिएँ । लकडाउनको समयमा एउटा जुलुस आएको थियो । जुलुस गर्नेलाई स्थानीयले सम्झाइ बुझाइ गरेको र केहीलाई प्रहरीमा बुझाएको हो ।

सम्झाइ बुझाइ गर्ने भनेको सडकमा लडाएर टाउकोमा लात्तीले हान्ने हो ? 
त्यो मलाई थाहा भएन । मेरो जानकारीमा छैन ।

दुई चार दिन अघिदेखि नै कीर्तिपूरमा तनाव भइरहेको छ । किन नियन्त्रण हुन नसकेको हो ?
यसमा हाम्रो भूमिका केही छैन, एकपक्षीय रुपमा हामीमाथि आरोप आइरहेको छ । एउटा मिसनमै लागेपछि हामीले के गर्नु ? त्यसमा हाम्रो कुनै संलग्नता छैन ।

राहत माग्न गएका विद्यार्थीलाई राहत नदिएको र अन्तबाट ल्याएको राहत पनि खोसिएको भन्ने कुरा आइरहेको छ नि ?
त्यस्तो हैन । हामी आफै पनि संयोजन गरेर बाँडिरहेका छौँ । अहिले कीर्तिपूर नगरपालिकालाई सोसल मिडियादेखि प्रहार गर्ने काम भइरहेको छ । कीर्तिपुर नगरपालिका र स्थानीयबासीबाट विद्यार्थीविरुद्ध कुनै घटना भएको छैन । बरु हामीले लकडाउन देखि ने चार पाँच ठाउँमा चार पाँच सय विद्यार्थीलाई खाना खुवाइरहेका छौँ । विद्यार्थीहरुलाई हामीले राहत पनि दिएका छौँ तर पनि कीर्तिपूरमाथि किन प्रहार हुन्छ हामीले बुझ्न सकेका छैनौँ । विद्यार्थीहरुले आन्दोलन गर्न आवश्यक नै थिएन । राहत चाहिएको भनेर हामीलाई जानकारी दिनुप¥यो । ९ सय बढीलाई हामीले राहत बाढेँका छौँ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप