अनलाइन शिक्षण कसरी गर्ने ? डिजी स्कुल नेपालले सुरु गर्यो निशुल्क प्रशिक्षण
काठमाडौं– चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको विद्यालयको पढाइ जहाँको त्यही ठप्प छ । कोरोना (कोभिड–१९) का कारण लाखौं बालबालिकाको पढाइमा असर त परेको छ नै सँगै शैक्षिक शत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ ।
यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवश्यकता बनेको छ ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एनसीसी एजुकेशनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निशुल्क प्रशिक्षण सुरु गरेको छ ।
प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृह कार्यहरू र असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिङ्ग, अनलाइन प्रस्तुतिहरू, स्लाइड साझेदारी, तस्विर र भिडियो साझेदारी सम्बन्धि सिकाइने बताइएको छ ।
शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डिजी स्कुल नेपालका प्रवर्धक सफ्टवेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।
प्रशिक्षणमा सहभागी हुन चाहने विद्यालय तथा शिक्षकहरुले डिजी स्कुलको ९८०१२२४२६९ मा वा [email protected] सम्पर्क गरी सहभागीता जनाउन सक्ने श्रेष्ठले जानकारी दिए । अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकुल गरिने बताइएको छ । डिजी स्कुलबारे यो लिंकबाट पनि जानकारी लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?