बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६८ वर्षअघिको त्यो महामारी जसले आईसीयु जन्मायो

शनिबार, १३ वैशाख २०७७, १३ : २४
शनिबार, १३ वैशाख २०७७

क्रिस्टिना जे ओरगन्ज

अहिले जब कुनै स्वास्थ आपतकाल हुन्छ, तब गम्भीर बिरामीहरुको जीवन एउटा मेसिनले बचाउँछ । आज संसारभरका अस्पतालमा यसको प्रयोग हुन्छ र कोरोना भाइरसबाट फैलिएको कोभीड–१९ को महामारीमा उपचारका लागि यसको भूमिका महत्त्वपूर्ण छ । कुनै जमानमा यस्तै एक महामारी फैलिएपछि संसारमा इन्टेन्सिभ केयर युनिट (आईसीयु) र मेकानिकल भेन्टिलेशन मेसिनको सुरुवात भएको थियो । कोरोना संकटको यो दौरमा आईसीयु र भेन्टिलेटर्सको नाम खुबै लिइएको छ, तर ६८ वर्षअघि यो मेसिन उपलब्ध थिएन । सन् १९५२ को अगस्ट महिनामा कोरोना भाइरसजस्तै एक महामारी फैलिएको थियो, श्वासप्रश्वासले काम गर्न छाडेपछि  हजारौँ मानिसको ज्यान गयो । त्यो रोग थियो – पोलियो ।

६८ वर्षअघि

डेनमार्कको कोपेनहेगनमा ५ सय शैयायुक्त ब्लेगडैम अस्पतालमा बिरामीको बाढी आएपछि डाक्टर र नर्स उनीहरुको उपचार गर्न नसक्ने लाचार अवस्थामा पुगे । यी बिरामीमध्ये अधिकांश बालबालिका थिए । त्यस जमानामा पोलियो एक गम्भीर भाइरल इन्फेक्सन (किटाणुबाट हुने संक्रमण) थियो, जसको कुनै उपचार थिएन ।

धेरै मानिस कुनै लक्षण बिना नै यस भाइरसबाट संक्रमित भइरहेका थिए, केही मामिलामा यो भाइरसले मेरुदण्डमा रहेका नशा र मस्तिस्कमा हमला गरिरहेको थियो । यसले मानिसमा पक्षघात  बनाउने खतरा थियो, विशेषगरी खुट्टामा ।

बेलायतको स्वास्थ सेवाका अनुसार स्वासप्रस्वास प्रणालीको माशंपेशी र पक्षघातको स्थितीमा यो रोगले ज्यान लिने खतरा थियो । पछिल्लो शताब्दीको मध्यमा कोपेनहेगन पोलियको महामारीबाट सबैभन्दा धेरै प्रभावित इलाकामध्ये एक थियो ।

पोलियोको महामारी

साइन्स जर्नल ‘नेचर’ मा छापिएको एक लेखका अनुसार ‘ब्लेगडैम अस्पतालमा हरेक बिहान पोलियबाट संक्रमित ५० मानिस आइरहेका थिए । त्यसमध्ये ६ देखि १२ जना मानिसले दैनिक श्वासप्रश्वासमा समस्या सामना गरिरहेका थिए ।

‘महामारीको पहिलो हप्तामा आएका धेरैजसो बिरामीमध्ये ८७ प्रतिशत पोलियो संक्रमणको अवस्था नाजुक थियो । यतिबेला पोलियोले या त संक्रमित व्यक्तिको दिमागमा वा त्यस स्नायु (तन्त्रिका) माथि हमला गरिरहेको थियो । जसले शरीरले श्वासमाथि नियन्त्रण राख्ने काम गर्थ्यो । यी बिरामीमध्ये आधाभन्दा बढी बच्चा थिए,’ जर्नलमा लेखिएको छ ।

तर एक डाक्टरले यस समस्याको निकास निकाले । उनले आधुनिक विज्ञानको इतिहासमा एक महत्त्वपूर्ण अध्याय लेखिदिए ।

डेनमार्कका डाक्टर बजाँर्न आजे इब्सेन पेशाले एनेस्थेसिया विशेषज्ञ थिए र उनले आफ्नो करियरको लामो समय अमेरिकाको बोस्टनमा बिताएका थिए । आफ्नो देशको स्वास्थ्य संकटलाई नियालेर उनले यसको निकास निकाले, हजारौँ मानिसको जिन्दगी बचाए ।

आईसीयु यति महत्त्वपूर्ण किन छ ?

स्विजरल्यान्डको सबैभन्दा ठूलो अस्पतालमध्ये एकमा कोरोना भाइरस संक्रमित मानिसहरुको उपचार गरिरहेका डाक्टर फिलिप जेन्ट भन्छन् – ‘ती बिरामी जसको महत्त्वपूर्ण अंगले काम गर्न छोडिदिन्छ, उनीहरुलाई जीवन रक्षा प्रणालीको साथ जरुरी हुन्छ । किनकी बिरामीको ज्यान खतरामा हुन्छ ।’

उनी भन्छन्, ‘आईसीयुमा बिरामीको स्थितीलाई नजिकबाट निगरानी गर्न सकिन्छ र आवश्यकताअनुसार उपचार पनि परिवर्तन गर्न सकिन्छ । त्यस्ता बिरामीको खास ख्याल केवल आईसीयूमै हुनसक्छ । अस्पतालको यो युनिटमा प्रति बिरामी बराबर नर्स र डाक्टरको अनुपात सबैभन्दा बढी हुन्छ । आईसीयूमा भर्ती भएका बिरामीलाई हेर्ने डाक्टर उच्च दक्षतायुक्त हुन्छन् ।’

सायद, त्यसैले आईसीयूलाई इन्टेन्सिभ मेडिसिन पनि भनिन्छ ।

इन्टेन्सिभ केयर युनिटको महत्त्व यतिमात्रै छैन कि यहाँ बिरामीलाई खास ख्याल राखिन्छ र उच्च तहको उपचार व्यवस्था गरिन्छ । किड्नी, मुटु र श्वासप्रश्वासले काम गर्न छाडेको अवस्थामा मेशिनको उपलब्धता निकै महत्वपूर्ण साबित हुन्छ ।

डाक्टर फिलिप जेन्ट भन्छन्, ‘मानिसहरुलाई श्वास लिन पनि समस्या पर्ने हुन्छ, यो समस्या फोक्सोसँग जोडिएको हुन्छ । यसकारण, आईसीयूमा भर्ना भएका बिरामीलाई रेस्पिरेटर्सको सहयोगले कृतिम रुपमा सास दिइन्छ ।’

फलामबाट बनेको रेस्पिरेटर

जब डेनमार्कमा पोलियोको महामारी फैलिएको थियो, तब कोपेनहेगनमा केवल एक रेस्पिरेटर थियो, त्यो पनि फलामबाट बनेको । यसबाहके ६ वटा एक्सटर्नल (बाहिरी) रेस्पिरेटर्स पनि थिए ।

सन् १९५३ मा प्रकाशित एक लेखमा ब्लेगडैम अस्पतालका प्रमुख हेनरी साई एलेक्जेन्टर लासेनले लेखेका थिए, ‘महामारीको हमलाको समय यो मेसिन पर्याप्त थिएन । तर हामीलाई यसैबाट काम चलाउनु थियो । हामी बाटो खोज्दै थियौँ । हामी चाहँदैनो थियौँ, कुनै बिरामीको उपचार रेस्पिरेटरबाट गर्ने र कसैको नगर्ने अवस्था आओस् ।’

डाक्टर हेनरी त्यससमय जुन नैतिक दुविधाबाट गुज्रिएका थिए, कोरोना संकटको आजको समयमा पनि कैयौं डाक्टर यस्तै हालतबाट गुज्रिएका छन् ।

ब्लेगडैम अस्पतालमा फलामबाट बनेको जुन रेस्पिरेटर थियो, यसको आविष्कार सन् १९२८ मा भएको थियो, यो एक क्याप्सुलजस्तै थियो । यसमा बिरामीको शरीर राखिन्थ्यो । मेसिनले बिरामीको शरीरको वरपर वायुरहित (भ्याकुम) पैदा गथ्र्यों ।

यसले मानिसको छातिवरपरको मेरुदण्डमा जोड प¥थ्यों र फोक्सो फैलन्थ्यों, ताकि त्यसमा हावा जान सकोस् ।

मुस्किल त्यतिबेला आउँथ्यो जब बिरामी बेहोश हुन्थे र आफ्नो थुक निल्न वा पेटमा कुनै चिज सहन असमर्थ हुन्थे । यस्ता बिरामीमा सास रोकिने समस्या अक्सर आउने– जाने हुन्थ्यो ।

डाक्टर इब्सेनले के गरे ?

ब्लेगडैम अस्पतालका लागि डाक्टर इब्सेनले एउटा यस्तो प्रणाली विकास गरे, जसले अस्पतालको समस्या हल ग-यो । नयाँ मेसिनबाट पहिलो पटक उपचार पाउने यस अस्पतालकी बिरामी थिइन् १२ वर्षकी एक बालिका, जसको नाम विवी थियो ।

पोलियो भाइरसका कारण भएको पक्षघातले विवी मर्ने अवस्थामा थिइन् । यस मेडिकल केसबारे डाक्टर इब्सेनको अन्तर्वार्ता लिएका अर्का एनेस्थेसिया विशेषज्ञ प्रेबेन बर्थेल्सनले भनेका छन्, ‘हरेकलाई यही लागेको थियो कि विवी मर्नेछिन् । तर, डाक्टर इब्सेनले पारम्पारीक तरिकाको उपचारमा क्रान्तिकारी बदलाव दिए ।’

बर्थेल्स भन्छन्, ‘डाक्टर इब्सेनका अनुसार पोलियाका बिरामीलाई त्यसरी नै उपचार गर्नुपर्छ, जसरी शल्यक्रिया गरेका बिरामीलाई गरिन्छ । उनको प्रस्ताव बिरामीको फोक्सोमा सिधैं  हावा पु¥याउनु थियो ताकि उसको शरीरले आराम गर्न सकोस् र फेरि बिस्तारै–बिस्तारै उसले आफैं सास लिन थालोस् ।’

ट्रैकियोस्टमीको उपाय

डाक्टर इब्सेनले ट्रैकियोस्टमीको प्रयोगको पनि सुझाव दिए । यस मेडिकल प्रक्रियाअन्तर्गत बिरामीको गर्धनमा एक प्वाल पारिन्छ । यस प्वालबाट रबर ट्युबमार्फत बिरामीको फोक्सोसम्म अक्सिजनको सप्लाई गरिन्छ । त्यस समयमा अपरेशनका दौरान ट्रैकियोस्टमीको प्रयोग गरिन्थ्यो, तर अस्पतालको वार्डमा यसको प्रयोगबारे सायदै कसैले सोचेको थियो ।

ब्लेगडैम अस्पतालका प्रमुख डाक्टर हेनरीलाई डाक्टर इब्सेनको तरिकाले काम गर्छ भन्नेमा यकिन थिएन । तर, अवस्था यति गम्भीर थियो कि यसलाई मन्जुरी दिनुबाहेक विकल्प पनि थिएन । चमत्कार तब भयो, जब डाक्टर इब्सेनको तरिकाबाट विवीको ज्यान बच्यो ।

तर यहाँ पनि एक अड्चन थियो । फोक्सोमा रबर ट्युबमार्फत हावा पु¥याउनका लागि मेसिन थिएन, यसलाई हातैले चलाउनुपथ्र्यो । कुनै डाक्टर वा नर्सले प्रेसर ब्यागको मद्दतबाट हावाको दबाब दिनुपथ्र्यो । डाक्टर हेनरीले यसका लागि कैयौं मेडिकल स्टाफलाई शिफ्ट–शिफ्टमा ड्युटीमा लगाउनु प-यो ।

आईसीयू वार्डको स्थापना

डाक्टर हेनरीले भनेका छन्, ‘यसपछि हामी ती सबै बिरामीको सहयोग गर्ने स्थितीमा थियौं, जसले सास लिनका लागि समस्या सामना गरिरहनुपरेको थियो । पोलियोका बिरामीको मृत्युदर ८७ प्रतिशतबाट झरेर ३१ प्रतिशतमा आएको थियो ।’

यसको अर्को वर्ष ब्लेगडैम अस्पतालमा स्थायी रुपले एक इन्टेन्सिभ केयर युनिट वार्डको स्थापना गरियो र त्यसपछि बाँकी दुनियाँले पनि यस्तै गर्न थाल्यो ।

आज जब कोभीड–१९ को महामारीको समय कोरोना भाइरसबाट अति संक्रमित बिरामीका लागि मेकिडल सुविधा उपलब्ध गराउनु मुस्किल छ र सारा दुनियाँ आईसीयू बेड तथा मेकानिकल भ्यान्टिलेटर्सको अभाव झेलिरहेको छ ।

कमैमात्र मानिसले यो बुझेका छन् कि ६८ वर्ष पहिले झन्डै यस्तै हालतमा एक डेनिस एनेस्थिेसिया विशेषज्ञले मुस्किल चुनौतीको हल निकालेका थिए ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप