शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि अम्बे स्टीलस्को २५ लाख सहयोग

शनिबार, १३ वैशाख २०७७, १३ : १०
शनिबार, १३ वैशाख २०७७

काठमाडौं– कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोगका लागि अम्बे स्टीलस्ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ । 

अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाखको चेक हस्तान्तरण गरे ।

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्ले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने कुरा बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप