मधुमेहका बिरामीका लागि अचुक औषधि प्याज
एजेन्सी : विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ ।
प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा गर्छन् ।
प्रायः मधुमेहका बिरामीको रगतमा चिनी को मात्रा बढ्ने गर्छ । त्यसैले मधुमेह रोगीहरुले दैनिक रगतमा चिनी को मात्रा चेकजाँच गर्ने गर्दछन् । यदि मधुमेहका रोगीहरुको रगतमा चिनी को मात्रा बढ्यो भने मुटुको रोग, रेटिनोप्याथी र अन्य ज्यानमारा रोगहरु लाग्ने खतरा हुन्छ ।
खाद्य विशेषज्ञका अनुसार मधुमेहका रोगीहरुले आफ्नो खानामा सधैं प्याजको प्रयोग गर्नुपर्छ । प्याजमा एन्टिएक्सिडेन्ट, फाइबर पाइन्छ जसले रगतमा चिनी को मात्रा सन्तुलन राख्छ ।
मधुमेहका रोगीलाई प्याजका फाइदा
प्याजमा पाइने फाइबरले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने र रगतमा चिनी को मात्रा सन्तुलन गराउँछ । जसले गर्दा मधुमेहका बिरामीले प्याज सेवन गर्नु फाइदाजनक मानिन्छ ।
प्रायः मधुमेहका बिरामीहरुको पाचन प्रक्रिया गडबढ हुने गर्छ । प्याजको सेबनले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ राख्छ र पाचन प्रक्रिया सक्रिय राख्छ । मेटबोलिक रेट राम्रो हुनु भनेको रगतमा चिनी को मात्रा सन्तुलित हुनु हो ।
प्याजमा काब्र्सको मात्रा धेरै हुन्छ । जसले मधुमेहका रोगीहरुका लागि फाइदा गर्छ । किनकी कार्बोहाइड्रेटले छिट्टै मेटाबोलाइज गर्ने र जसले गर्दा रक्तसञ्चारमा चिनी को मात्रा फैलने गर्छ । मधुमेहका रोगीहरुका लागि खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ ।
प्याजमा ग्लाइसेमिक इन्डेक्सको मात्रा १० हुन्छ । त्यसैले मधुमेहका रोगीहरुले प्याज खानु निकै फाइदाजनक हुन्छ । प्याजको सेवनले टाइप–१ र टाइप–२ का मधुमेहका रोगीहरुको रगतमा ग्लुकोजको मात्रा कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण