कोरोनाभाइरसः हालसम्मका ठूला अपडेट्स
संसारभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार पार
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ भने कम्तीमा २८ लाख मानिस संक्रमित पाइएका छन् । वास्तविक आँकडा योभन्दा पनि धेरै हुनसक्ने बताइएको छ किनभने संदिग्ध बिरामीको परीक्षण रिपोर्ट आएकै छैन ।
बेलायतका राजनीतिक सल्लाहकारले वैज्ञानिकको बैठकमा भाग लिए, विवाद
कोरोना भाइरसको संक्रमणक रोक्नका लागि गठित विशेषज्ञको बैठकमा बेलायतका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समावेश भएपछि प्रश्न तेर्सिएको छ ।
सरकारले स्वतन्त्र वैज्ञानिक सल्लाहकारलाई सम्मिलत गराउँदै यो समूह गठन गरेको हो । यसका सदस्यको नाम गोप्य राखिएको थियो तर गार्डियन पत्रिकाले नाम सार्वजनिक गरिदियो । डोमिनिक कमिङ्ग र अर्का सल्लाहकार जो यो कमिटीका थिएनन्, उनीहरुले बैठकमा हिस्सा लिएका थिए ।
अमेरिकी अधिकारीले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे चेतावनी दिए
अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले डाक्टरलाई मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग नगर्न चेतावनी दिएका छन् । कुनै कुनै बिरामीमा यसको साइड इफेक्टको रुपमा हार्ट फेल भएको भेटिएको बताइएको छ ।
चीनका स्वास्थ्य विज्ञ उत्तर कोरिया प्रस्थान
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ डाक्टरको एक दल उत्तर कोरियाका नेता किम–जोंग उनलाई सल्लाह दिन उत्तर कोरिया पुगेका छन् । चिनियाँ डाक्टर र अधिकारीको यो दल त्यतिबेला उत्तर कोरिया पुगेका छन् जब किम जोङ उनको स्वास्थ्यबारे विरोधाभासी रिपोर्ट सार्वजनिक भइरहेका छन् । यद्यपि, कसैले पनि किम जोङ उनको स्वास्थ्यको सन्दर्भमा उक्त यात्रा गरेको हो भनेर संकेत दिएनन् ।
फ्रान्सको एयरलाइनलाई सरकारको मद्दत
फ्रान्सको सरकारले एयर फ्रान्स एयरलाइनलाई ६.१ अर्ब पाउन्ड सहयोग गर्ने घोषणा गरेको । कोरोनाभाइरसका कारण भएको क्षतीबाट उत्रनका लागि सरकारले यस्तो सहयोग गरेको हो । फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मेरेले यसबारे घोषणा गरेका हुन् ।
बेलायतमा एकैदिन ६ सय ८४ को मृत्यु
स्वास्थ्य तथा सामाजिक विभागका अनुसार बेलायतका अस्पतालमा शुक्रबार रेकर्ड स्तरको मृत्यु भएको छ । शुक्रबार एकैदिन ६ सय ८४ को मृत्यु भएपछि बेलायतका हालसम्म मृतकको संख्या १९ हजार ५ सय ६ पुगेको छ । यसका साथै संक्रमितको संख्यामा ५ हजार ३ सय ८६ वृद्धि भएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख ४३ हजार ४ सय ६४ पुगेको छ ।
स्पेनमा ठिक भइरहेका बिरामीको संख्या संक्रमित भइरहेका बिरामीभन्दा बढी
स्पेनका अधिकारीले दिएको जानकारी अनुसार कोरोनाको प्रकोप सुरु भएपछि पहिलो पटक निको भइरहेका बिरामीको संख्या संक्रमित भइरहेका व्यक्तिभन्दा बढी भएको छ । संसारकै धेरै संक्रमितको सूचीमा स्पेन दोस्रो स्थानमा छ । शुक्रबार स्पेनमा २ हजार ७ सय ९६ नयाँ संक्रमित भेटिए भने ३ हजार १ सय ६ जना संक्रमित निको भए ।
इटलीमा लकडाउनमा छुट
इटलीको पत्रिकाको रिपोर्ट अनुसार इटलीमा अर्को चार हप्तासम्म सरकारले लकडाउनमा छुट दिने भएको छ । यद्यपि, यसबारे सरकारको तर्फबाट कुनै आधिकारिक पुष्टि भएको छैन । यो युरोपको कुनै देशमा लागिएको अहिलेसम्मको सबैभन्दा लामो लकडाउन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
-
कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
-
प्रहरी विधेयक प्रधानमन्त्री कार्यालयमा पेस
-
दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन
-
चार महिनामा एक करोडभन्दा बढी कण्डम आयात