शनिबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।
महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
भने, मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ