लकडाउनमा बढी मूल्य लिनेलाई जरिवाना

काठमाडौं – सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् ।
बजारमा सरकारी अनुगमनकारी निकायको उपस्थिति कम रहँदा लकडाउनको अवसर छोपी व्यापारीले उपभोक्तालाई बढी मूल्य असुलेको उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाको दाबी छ ।
यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनका बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुनसक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीव्र पारेको जनाएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अप्ठ्यारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्नेसक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमन तीव्र पारिएको दाबी गरे । उनले लकडाउनमा एमआरपी मूल्यभन्दा बढी लिने केही व्यापारी फार्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य