प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले देउवालाई शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच कोरोना भाइरसबाट उत्पन्न लकडाउनपछि पहिलोक पटक कुराकानी हुन लागेको हो ।
महतका अनुसार उनीहरुबीच सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न परिस्थित र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुने छ ।
सरकारले चौतर्फी विरोध भएपछि विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय भने गरिसकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । तर यसको राजनीतिक प्रभाव अझै सेलाइ नसकेको छैन ।
सरकार संकटमा पनि संवेदनहीन भनेको र निरंकुशमा अग्रसर भएको भन्दै सभापति देउवाले बुधबार प्रतिपक्षीहरुसँग छलफल गरेका थिए । काँग्रेस उच्च स्रोतका अनुसार विहीबार मात्र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको थियो ।
त्यसपछि आज विहान ११ बजे प्रधानमन्त्री ओलीले फोन गरेर देउवालाई तीन बजे भेटवार्ताका लागि बालुवाटार बोलाएको बुझिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काँग्रेससँग कुनै छलफल नगरेभन्दै काँग्रेसले निरन्तर गुनासो गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण