जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित
जनकपुर । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो ।बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकहरुले गरेका छन् । त्यसैले चेकजाच कार्य बन्द गरिएको अस्पतालले जनाएको छ ।
जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौँस्थित राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमुना शंकाको घेरामा परेका छन् ।
प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारण रहेको बताए । कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको उनले बताए । निमित्त निर्देशक रामविनय साहले भने– ‘एक सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं । पीसिआर मेसिन भरपर्दो छैन’ उनले भने– ‘सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन ।’
उनले सर्लाहीकै किशोरको घटनामा आफुहरुले दुई पटक स्वाब परीक्षण गरिएको र दुवैपटक नेगेटिभ देखाएको तर टेकुले पोजिटिभ देखाएपछि मेसिनमा समस्या रहेको पुष्टि भएको बताए । निमित्त निर्देशक साहका अनुसार यसअघि १५ स्थानमा जडान गरिएका यस्तै मेसिन हटाएर बढी क्षमताका पीसीआर मेसिन जडान भइसके पनि प्रादेशिक अस्पतालमा भने जडान गरिएको छैन ।
नयाँ मेसिन जडान गर्न सम्बन्धित निकायलाई जानकारी गराइसकेको समेत साहले जानकारी दिए । अस्पतालका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले नतिजा फरक पर्ने सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ प्रतिशत सुकुमबासी महिलाले लिँदैनन् मातृ स्वास्थ्य सेवा
-
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
-
सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
-
माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
-
सधैँ थकान र कमजोरी महसुस हुन्छ ?
-
उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण