शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आरडीटीबाट पोजेटिभ आएका ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

शुक्रबार, १२ वैशाख २०७७, ०९ : ०४
शुक्रबार, १२ वैशाख २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा आरडीटी परीक्षणबाट पोजेटिभ रिपोर्ट आएका ४ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

आरडीटी परिक्षण गर्दा हालसम्म ६ जनामा कोभिड–१९ को संक्रमण पोजिटिभ देखाएको थियो । दुई जनाको भने नतिजा आउन बाँकी रहेको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।

हिजो मात्रै सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेकी लम्की चुहा नगरपालिका–१ कि ६१ बषिया महिला कोरोना जितेर घर फर्किएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

उनले ४ जना संक्रमित निको भएर घर गइसकेको र अब एक जनाको अस्पतालमा उपचार भइरहेको बताए । उनको स्वास्थ्य अवस्था पनि सामान्य ने रहेको जनाएको छ ।

हालसम्म आरडीटी किटबाट ९५१३ जनाको परीक्षण भएको र ९५०७ को नतिजा नेगेटिभ आएको उनले बताए । ६ जनामा पोजिटिभ थियो भने ४ जनाको पीसीआरबाट नेगेटिभ देखाईसकेको र दुईजनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

पछिल्लो २४ घण्टाभित्र १३१० जनाको आरडिटी परिक्षण गरिएको छ भने सबैको रिपोट नेगेटिभ आएको उनले बताए ।

प्रदेशमा ९४६२ कीट स्टक रहेको उनले जानकारी दिए । क्वारेन्टाइनमा २०४० जना मध्ये १८१४ पुरुष र २२६ जना महिला रहेका छन् ।

अब सेती प्रादेशिक अस्पतालमा वन्द गरिएको नियमित खोप सेवा, गर्भवती जाँच र परामर्स सेवा पनि सञ्चालनमा आएको जनाएको छ ।

७ वटै प्रदेशमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचमा प्रदेश र संघीय सरकारले भए गरेका कामको समीक्षा र अनुभव आदान प्रदान पनि गरिएको उनले बताए ।

‘सुदुरपश्चिम प्रदेशमा परीक्षणको दायरा बढाउन आरडीटी कीट र प्रयोगशालाका लागी आवश्यक सामाग्री प्रबन्ध गर्न भनेका छौँ,’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप