बेलायतमा ३३ वर्षीया युवतीसहित थप तीन नेपालीको कोरोनाबाट मृत्यु

लण्डन : बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।
उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।
खोटाङ जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् । गतवर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।
कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।
तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । मृतक शाहीलाई गतवर्ष हृदयघात भएको थियो, उनि ढाडको समस्याबाट समेत पीडित थिए । पुर्ख्यौली घर प्युठान भएपनि पछिल्लो समय पछिल्लो समय भैरहवा बस्दै आएका थिए ।
मृतक शाही बेलायतमा हुने साहित्यिक गतिविधिमा समेत संलग्न हुँदै आएका थिए । बेलायतमा उनि श्रीमतीका साथ् बस्दै आएका थिए । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते