केन्द्रीय संस्करण

कोभिड–१९ र नेपाली बैङ्किङ सेवा

person explore access_timeबैशाख ११, २०७७ chat_bubble_outline0

सन् २०१९ को डिसेम्बर अन्यतिर चीनको हुबेई प्रान्तबाट सुरु भएको कोभिड१९ ले जनवरी २०२० को अन्यतिर भयावह रूप लिन थाल्यो र चीन सरकारले हुबेई प्रान्तमा लक डाउन गर्‍यो । सङ्क्रमण फैलिन नदिन र सङ्क्रमित व्यक्तिहरुलाई बचाउन चीनका अन्य क्षेत्रमा रहेका ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी हुबेई प्रान्तमा भित्र्याए । एक दुई हुँदै दस देशमा सङ्क्रमित आइपुग्दा नेपालको नम्बर पनि लागिसकेको थियो । चीनमा सङ्क्रमण भयावह हुँदै गर्दा पश्चिमी देशहरु यो भाइरस चीनमा मात्र लाग्ने हो,हामीलाई छुँदैन भनी यही विषयलाई राजनीतिक मुद्दा बनाउन लागे । आज यो लेख तयार गर्दै गर्दा विश्वको सबै देशमा यो भाइरसले यात्रा गरिसकेको छ भने सङ्क्रमित सङ्ख्या २५ लाख कटिसकेको छ,एक लाख ८० हजार हाराहारीमा ज्यान गुमाइसकेका छन् । विश्व सर्वशक्ति राष्ट्र अमेरिकामा ८ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित छन् भने ४५ हजारभन्दा बढी जनाले ज्यान गुमाएका छन् । जनवरी ९ पहिलो सङ्क्रमित भेटिएको नेपालमा हालसम्म ४२ जना सङ्क्रमित भएको पुष्टि भएको छ भने हालसम्म कसैले ज्यान गुमाउनुपरेको छैन ।

विश्वमा अहिले कोभिड१९ को कारण मानव अस्तित्व नै सङ्कटमा परेको छ । विश्वमा मानव जीवन ठूलो कि अर्थतन्त्र ठूलो भनी विवाद सतहमा आएको छ । मै हुँ भन्ने देशहरु समेत कोरोनाको अगाडि नतमस्तक भएका छन् भने नेपाल जस्तो विकास उन्मुख राष्ट्र जहाँ स्वास्थ संरचना,प्रविधि र मानव संसाधनको अभाव भएको देशमा त अर्थतन्त्रभन्दा मानव जीवन नै ठूलो कुरा हो । कोभिड१९ ले उग्ररूप लिएमा त्यसको नियन्त्रका लागि हामीसँग केही हुने छैन हरेक क्षेत्र अस्तव्यस्त हुनेछ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएको र रोगको कुनै औषधि नभएकाले व्यक्ति व्यक्ति बीचको भौतिक दूरी कायम गर्नुबाहेक सङ्क्रमण नियन्त्रणको कुनै उपाय नै छैन । सोही कारण चीनबाट सुरु भएको लक डाउन वा बन्दाबन्दी घोषित अघोषित रूपमा विश्वभरी नै कायम रहेको छ । नेपाल जस्तो स्वस्थ्य क्षेत्रमा पर्याप्त साधन स्रोत नभएको देशका लागि त योभन्दा दोस्रो विकल्प नै छैन र विगत ३० दिनदेखि हामी बन्दाबन्दीमा नै छौँ भने आगामी १५ गतेसम्म घोषित रूपमा नै बन्दाबन्दीमा नै रहने छौँ । त्यसपछि स्थितिको आकलन गरी सरकारले कुनै निर्णय त गर्ला तर सङ्क्रमणको अवस्था कस्तो रहन्छ र जनतामा मनोवैज्ञानिक रूपमा नै डर परेकाले दैनिकी सामान्य रूपमा आउन अझै कति दिन लाग्छ भन्न सक्ने अवस्था रहेको छैन ।

नेपाली अर्थतन्त्रको कुरा गर्दा हामी विकासशील अर्थतन्त्रमा पर्दछौँ । विश्वको पहिलो नम्बरको अर्थतन्त्र भएको अमेरिकासमेत घुँडा टेक्ने अवस्थामा पुगेको छ । यो अवस्थामा हाम्रो अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्ला यसै आकलन गर्न सकिन्छ । बैङ्क तथा वित्तीय उद्योग अर्थतन्त्रको एक हिस्सा भएकाले अर्थतन्त्र नकारात्मक बाटोबाट गुज्रँदा यो उद्योगले पनि समस्या त भोग्नु नै पर्ने छ । २०४६ सालको परिवर्तनपछि खुलेका बैङ्क तथा वित्तीय संस्थाहरुले यही अवधिमा पनि धेरै अफ्ठ्यारा परिस्थितिहरु पार गरेरै अएका हुन् । दस वर्षे द्वन्द्व,१९ दिने जनआन्दोलन,त्यसपछिका दैनिक रूपमा हुने बन्द हडताल,७२ सालको भूकम्प,नाकाबन्दी जस्ता समस्या पार गर्दै आजको दिन आइपुगेको हो । कतिपय व्यक्तिहरुलाई लाग्न सक्छ । यस्ता कैयौँ परिस्थिति पार गरेर आएकाले यो कोरोनाबाट सिर्जित परिस्थितिबाट पनि हामी सजिलै पार पाउन सक्छौँ ।

कोरोनाबाट सिर्जित परिस्थिति हिजोको घरेलु समस्याभन्दा नितान्त फरक हो । यो जस्तो नाजुक परिस्थिति आजसम्म समग्र अर्थतन्त्रले भोग्न परेको थिएन र बैङ्क तथा वित्तीय संस्थाहरुको लागि पनि यो अन्यन्त अफ्ठेरो बन्ने छ । अर्थतन्त्रमा बैङ्क तथा वित्तीय उद्योग मात्र त्यस्तो उद्योग हो जो अर्थन्त्रका हरेक तत्वहरुसँग प्रत्यक्ष प्रभाव राख्छ । हाल आन्तरिक मात्र नभई बह्य अवस्था पनि नकारात्मक अवस्थमा पुगेको छ । विश्व शक्ति राष्ट्र,विश्वको आर्थिक वृद्धि दरको प्रमुख हिस्सा चीनको अर्थतन्त्रसमेत लरखराएको अवस्था छ ।


कोरोनाले प्रभाव एक क्षेत्रमा मात्र हैन, हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ, पार्ने छ । विश्व पर्यटन, हवाई उद्योगलाई त शून्यमा नै झारिदिएको छ र यसको मनोवैज्ञानिक प्रभाव कहिलेसम्म पार्दछ भन्ने आकलन गर्न सकिएको छैन । अबका केही समयसम्म नेपालको प्रमुख आम्दानीका रूपमा रहेको पर्यटन व्यवसाय लयमा फर्कन सक्ने छैन ।


कोरोनाले प्रभाव एक क्षेत्रमा मात्र हैन,हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ,पार्ने छ । विश्व पर्यटन,हवाई उद्योगलाई त शून्यमा नै झारिदिएको छ र यसको मनोवैज्ञानिक प्रभाव कहिलेसम्म पार्दछ भन्ने आकलन गर्न सकिएको छैन । अबका केही समयसम्म नेपालको प्रमुख आम्दानीका रूपमा रहेको पर्यटन व्यवसाय लयमा फर्कन सक्ने छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको २०२० को वृद्धि दर ३.३ प्रतिशत  अनुमान गरेकोमा कोरोनाको कारण यो वृद्धि दर १.५ प्रतिशत रहने कतिपय अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालको समस्यालाई भिन्नै सङ्कट (crisis like no other) भनी व्याख्या गरेको छ । नेपालको सन्दर्भमा यसको प्रभाव कति पार्दछ र कहिलेसम्म पार्दछ भन्ने अनुमान लगाउन नसिएको कारण वृद्धि दर नकारात्मक हुन सक्ने अनुमान गर्न सकिन्छ ।

बैङ्क तथा वित्तीय उद्योग अर्थतन्त्रको एक उल्लेखनीय हिस्सा हो । राष्ट्रको आर्थिक उन्नतिका लागि आवश्यक पर्ने उद्योगधन्दा सञ्चालन गर्नका लागि आवश्यक पुँजी जनतामा रहेको ससानो बचत सङ्कलन गरी पूर्ति गर्नुको साथै आधुनिक युगमा बैङ्क तथा वित्तीय संस्था बिनाको अर्थतन्त्र कल्पना पनि गर्न सकिँदैन । कुनै पनि आर्थिक प्रणालीको बैङ्क तथा वित्तीय संस्थाहरु बलियो उपप्रणाली हो । अर्थव्यवस्थामा सानो फेरबदल आएमा पनि यसले बैङ्क तथा वित्तीय उद्योगहरुलाई प्रत्यक्ष प्रभाव पार्दछ ।

विगत ३० दिनदेखि अत्यावस्यक क्षेत्रबाहेक सबै क्षेत्र बन्द छ । ठूला लगानीमा खुलेका सिमेन्ट उद्योगहरुको उत्पादन शून्य छ । यातायातका साधनहरु थन्किएका छन् । सरकारले प्रथामिक क्षेत्रमा रहेको कृषि उद्योगहरु,होटल लगायत सेवा क्षेत्रको त झन दयनीय अवस्था रहेको छ । मजदुरी गरी दैनिकी सञ्चालन गर्नेहरुको अवस्था दयनीय छन् । उद्योगधन्दा बन्द भई रोजगारी गुम्ने डर कायम छ । देशको अर्थतन्त्रको इन्जिनका रूपमा रहेको रेमिटेन्स एकै पटक शून्यमा झरेको छ । नेपालको अर्थतन्त्रलाई एकै पटक चारैतिरबाट हमला भएको यो पहिलो पटक हो । वैदेशिक सहयोगमा बन्ने हाम्रो राष्ट्रिय बजेट समेत वैदेशिक सहयोगको अभावमा र राजस्व अनुमान अनुसार नउठ्ने हुँदा पक्कै लक्ष्य परिमार्जन होला । यसरी हेर्दा नेपालको अर्थतन्त्र २०७२ सालको भूकम्म तथा नाकाबन्दीले पुर्‍याएको असर भन्दा जटिल बन्ने पक्का छ । यो अवस्था नेपालको लागि भिन्नै सङ्कटको रूपमा उदय भएको छ । अझै यो कोरोनाको असर लम्बिएमा नेपालको अर्थतन्त्रको आर्थिक वृद्धिदर पक्कै ऋणात्मक हुनेछ ।

यसरी आर्थिक गतिविधि शिथिल हुनु,कुल ग्राहस्त उत्पादन वृद्धिदर ऋणात्मक हुनु,वैदेशिक रोजगारीबाट हुने आय गुम्नु,देशभित्रै रहेका रोजगारीबाट हुने आय घट्नु तथा रोजगारी नै गुम्ने सम्भावना रहँदा हरेक क्षेत्रमा गएको कर्जाको सावाँ किस्ता तथा ब्याज उठ्न सहज छैन । ब्यापार व्यवसाय नै नहुँदा व्यवसायीले कर्जाको ब्याज तिर्ने सम्भावना हुँदैन,वैदेशिक रोजगारीबाट विप्रेषण घट्ने तथा देशभित्र समेत रोजगारहरूको आय घट्दा व्यक्तिगत उपभोगमा गएका कर्जाको समेत सावाँ ब्याज समयमा नै आउने सम्भावना कम छ । यसबाट बैङ्क तथा वित्तीय उद्योगले तरलता सङ्कुचनको अभाव भोग्नु पर्ने छ । बैङ्क तथा वित्तीय उद्योगको खर्च निरन्तर भइ नै रहेको हुन्छ । वचत,कल तथा मुद्दती खातामा दिनुपर्ने ब्याज दैनिक खर्च भइरहेकै हुन्छ,कर्मचारीको तलब भत्ता लगायत प्रशासनिक खर्चसमेत नियमित गरिरहनुपर्ने र आयतर्फ ब्याज आए उल्लेखित रूपमा घट्ने,लक डाउन तथा अन्य कारणले गैह्रब्याज आम्दानीसमेत घट्न जाने हुँदा बैङ्कहरुको नाफा त घट्ने नै भयो । त्योभन्दा पनि बैङ्किङ प्रणाली नै क्र्यास हुने सम्भावना पनि नकार्न सकिँदैन ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुका लागि तत्काल राहतका लागि आन्तरिक निर्देशन जारी गरिसकेको छ । सबै ऋणीहरुको ब्याज तथा भुक्तानीका लागि ९० दिनको ग्रेस पिरियड पाइसकेका छन् भने बैङ्क तथा वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात ३ प्रतिशत कायम गरेको छ भने बैङ्क दर ५ प्रतिशत कायम गरेको छ । साथै पुनर्कर्जा कोषको सीमा ६० अर्ब कायम भएको छ । यसले तत्काल बैङ्क तथा वित्तीय उद्योगमा  तलरता व्यवस्थापनमा केही सहजता त गरेकै छ । तथापि यो पूर्ण भने पक्कै छैन ।

विश्व बैङ्क,अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरुले हालको आर्थिक मन्दी १९३० र २००८ को भन्दा दयनीय हुने चेतावनी दिई सकेका छन् । अमेरिका,युरोप,ब्रिक्स राष्ट्रहरुको तुलनामा नेपाल जस्ता साना अर्थतन्त्र भएका राष्ट्रहरुको समस्या सानो नै हुने छ । कोभिड१९ को प्रभाव अझै गहिरिँदै गएमा यसको प्रभाव त्यति नै नकारात्मक हुने छ । बैङ्क तथा वित्तीय उद्योगको हकमा पनि यसको प्रभाव दीर्घकालसम्म रहने पक्का छ । नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुले हाल कुल कर्जाको ५ प्रतिशतसम्म खराब कर्जा रहन सक्ने सीमा निर्धारण गरेको छ । गत माघ मसान्तसम्म नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुको खराब कर्जा १.७७ प्रतिशत रहेको छ । यदि दीर्घकालसम्म कोभिड१९ को असर रहेमा हालको सो सीमा बढाउने तथा गतिशील प्रोभिजिनिङ प्रणालीमा जान आवश्यक हुन सक्छ । यसको साथै हाल प्रत्यक बैङ्कको कर्जा असुली प्रणाली आक्रमक रहेको छ । अबका दिनहरु प्रत्येक व्यावसायी तथा व्यक्तिगत ऋणीहरुलाई अफ्ठ्यारो स्थिति हुने हुँदा तथा लिलाममा रहेका धितोका सम्पत्तिहरु समेत हालको मूल्यमा बिक्री हुन गाह्रो हुने हुँदा कर्जा असुली प्रक्रियासमेत परिमार्जन गर्न आवश्यक हुन सक्छ ।

बैङ्क तथा वित्तीय उद्योगमा एउटा मात्र संस्थाको अवस्था खराब भएमा समग्र बैङ्किङ प्रणालीलाई जोखिममा पार्न सक्ने हुँदा बैङ्क तथा वित्तीय उद्योगलाई चलायमान बनाइराख्न तथा बैङ्किङ प्रणालीलाई नियमित गराइराख्नको लागि स्वयं बैङ्क तथा वित्तीय संस्थाहरु,नेपाल राष्ट्र बैङ्क,नेपाल सरकार,वचतकर्ता,ऋणीलगायत सबै सरोकारवाला पक्षहरु अजैबाट संवेदनशील भई लाग्नुपर्ने छ । यदि सबै पक्ष संवेदनशील भएमा मानव सभ्यताको साथै अर्थतन्त्र पनि यथावत निरन्तर अझै परिष्कृत भई चलिरहने छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.