भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो
बिहीबार, ११ वैशाख २०७७, २० : ४४
काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।
आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । सोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण