शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसपालि मन परेको पुस्तक साटिएन...

बिहीबार, ११ वैशाख २०७७, १९ : ४५
बिहीबार, ११ वैशाख २०७७

पोखरा । पत्रकार तथा लेखक अमृत सुवेदीले एकाबिहानै उनको एक वर्ष पुरानो पोस्ट सेयर गरे । विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस उनको पोस्ट, पुस्तक दिवसको छेकोमा पोखरामा हुँदै आएको आफूलाई मन परेको पुस्तक आफ्ना साथीलाई साट्दै गर्दाको थियो । 

प्रत्येक वर्ष साहित्यप्रेमीहरु आजकै दिन मन परेको पुस्तकसँग आफ्नो प्रियजनसँग किताब साट्न जम्मा हुन्थे । पुस्तक साट्थे । पुस्तकबारे आफ्ना अनुभव पनि साट्थे । बहसै पनि हुन्थ्यो यसपालि भने मन परेको पुस्तक साँटिएन । महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस पुस्तकप्रेमीहरुको लागि बाधक बन्यो । 

यद्यपि, किताब पढ्ने र पढौं भन्नेहरुको संस्था ‘¥याण्डम रिडर्स सोसाइटी अफ नेपाल’ले भने पुस्तकप्रेमीहरुलाई अनलाइनमै किताब उपलब्ध गराउँदै आएको छ । ‘टेलिग्राम’ भन्ने एपबाट संस्थाले विश्व परिवेशका पुस्तकहरु उपलब्ध गराउँदै आएको छ । 
संस्थाका परिकल्पनाकार तथा लेखक गनेस पौडेलका अनुसार ‘टेलिग्राम’ एपमा विश्व परिवेशका लाखौं किताब संस्थाले पुस्तक प्रेमीलाई ‘फ्री’ मा उपलब्ध गराउछ । बजारमा पुस्तक नपाइए पनि किताबको भोक मेट्न संस्थाले पुस्तकप्रेमीलाई किताबको भोक मेटाएको छ । ‘टेलिग्राम भन्ने एप छ । त्यहीँ एपबाटै विश्व परिवेशका लाखौं किताबहरु पाइन्छन्,’ उनले भने, ‘पुस्तकप्रेमीहरुलाई त्यहीँबाट किताब उपलब्ध गराई रहेका छौं ।’ अंग्रेजी र हिन्दि साहित्यका पुस्तकहरु पाइए पनि नेपाली साहित्यका किताब भने यो एपमा उपलब्ध छैन । तर, किताबै पढ्न चाहनेहरुको भोक भने संस्थाले मेटाइ रहेको छ । ‘लकडाउन’ सुरु भएपछि सुरु भएको यो अभियानमा अहिले त सयौं पुस्तकप्रेमीहरु आबद्ध भईं सकेका छन् । 

संस्थाका अध्यक्ष तथा पत्रकार केशव शरण लामिछानेले पुस्तकप्रेमीहरुको भोक मेटाउन प्रविधि मैत्री बनेर अघि बढी रहेको बताए । ‘यो फुर्सदीलो समयमा पुस्तक पढेर समय काट्न पनि सहज हुने,’ उनले भने, ‘¥याण्डम रिडर्स सोसाइटीले पुस्तक पढ्न चाहनेहरुको लागि अनलाइन कपि उपलब्ध गराई रहेको छ ।’ 

लामिछाने आफू पनि धेरै पुस्तक पढ्छन् । अरुलाई पनि पढ्न सुझाउँछन् । विश्व परिवेशका गैह्र आश्यान किताब पढ्न रुचि राख्ने लामिछानेले अहिले सदरदार भीमबहादुर पाण्डेद्वारा लेखिएको किताब ‘त्यस बखतको नेपाल’ पढीं रहेका छन् । ५ सिरिजमा लेखिएको किताबको २ सिरिज लामिछानले पढेंर भ्याइ सके । अब ३ सिरिज बाँकी छ । ‘अहिले नन फिक्सनमा नै बढी रुचि बढी रहेको छ । पढ्न त म फिक्सन पनि पढ्छु । नपढ्ने होइन,’ उनले भने । 

यता, पोखरेली किताब प्रेमीलाई विश्व परिवेशका किताब उपलब्ध गराउदै आएका ‘रिडर्स कर्नर’का संस्थापक विजय भण्डारी किताब प्रेमीहरुलाई पढ्न खोजेको पुस्तक उपलब्ध गराउने प्रयास गरि रहेको बताउँछन् । 

लकडाउनमा पनि किताब पढ्नेहरुले किताब मगाएको उनले बताए । ‘लकडाउनमा पनि किताब पढ्न खोज्नेहरुको लागि किताब उपलब्ध गराउने प्रयास हामीले गरि रहेका छौं,’ उनले भने, ‘लकडाउन सुरु अघि किताबप्रेमीहरुले धेरै किताब किन्नु भएको पनि थियो । 

किताब पढ्ने खोज्नेहरुलाई लकडाउन मै पनि किताब उपलब्ध गराउन खोजी रहेका छौं ।’ 
गएका वर्षमा मन परेको किताब साट्दै आए पनि यो वर्ष पुस्तक साट्न नपाउँदा खल्लो लागेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप