४० वर्ष यताकै सर्वाधिक खराब आर्थिक वृद्धिदर
विश्वमै आउँदा केही वर्षसम्म कुल ग्राहस्थ उत्पादनमा गिरावट आउने विश्व बैङ्कका देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले बताए । सन २०२० को आर्थिक बृद्धिदर ४० वर्ष यताकै सर्वाधिक खराब रहेको उनले भनेका छन् । आर्थिक पत्रकारसँगको भिडियो कन्फेरेन्समा कुरा गर्दै उनले भने, “विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो ।’
आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने उनले बताए । नेपाल दुई ठूला छिमेकीहरूको बीचमा रहेको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्नेछ ।
फेरिस हदादकै शब्दमा उनका कुराः
आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोनाभाइरसको महामारीबाट गुज्रिरहेका छौँ, यो अन्यभन्दा फरक छ । यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो । सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ । सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको छ । अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं । यो मन्दीलाई अलग ढङ्गले बुझ्नाले अर्थतन्त्र र वृद्धिलाई फरक ढङ्गले पुनर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्नेछ । यो संत्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ ।
विश्व बैङ्कको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो । विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणाली पारेको झट्काका कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने हामीले अपेक्षा गरेका छौं भने वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएकाो छ ।
विश्व बैङ्क नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको छ । विश्व बैङ्क आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछ । पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्छ र सरकार यसअघि नै यस्तो काम गरिरहेको छ । दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी हो । ठूलो संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्कदैछन्, जसका लागि ठूलो आकारमा रोजगारीको आवश्यकता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान केन्द्रीत गरिनु पर्छ । यो आपूर्तिजन्य झट्का भएकाले, तेस्रो हामीले वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगहरूलाई केन्द्रीत र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । यसैगरी आपूर्ति शृङ्खला सही ढंगले कायम राख्नुपर्छ । चौथो प्राथमिकता समष्टिगत आर्थिक स्थायित्व कायम हुनुपर्छ । खर्च अवस्था बढ्नेवाला छ, त्यसैले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्छ ।
विश्व बैङ्कले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरूबाट पोर्टफोलियाको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रित्मक क्षेत्रमा केन्द्रीत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर मिलानको जित यात्रा कायमै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
-
काठमाडौँ महानगर : फोहोर वर्गीकरणको योजना कार्यन्वयनमा
-
‘ग्रामीण क्षेत्रमा विकासले गति लिन थालेको छ’