बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी र राजपाले संसद सचिवालयलाई एकताबारे जानकारी गरायो

बिहीबार, ११ वैशाख २०७७, १३ : ४४
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच भएको एकीकरणबारे संघीय संसद सचिवालयलाई जानकारी गराइएको छ । सो पार्टीका संसदीय दलका नेताहरुले  संसद सचिवालयलाई जानकारी गराएका हुन् । 

संसद सचिवालयका महासचिवलाई पार्टी एकताको बारेमा संसदीय दलका नेताहरुले पत्र बुझाएका थिए । 

वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीच एकता भएको सहमतिपत्र संलग्न गरी पठाइएको जानकारीसहितको व्यहोराको पत्रमा उल्लेख गरिएको छ । 

राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्यहरु शरतसिंह भण्डारी, राजेन्द्र महतो, महासचिव केशव झा र समाजवादी पार्टीको तर्फबाट डा.शिवजी यादव संसद सचिवालय पुगेका थिए ।

उनीहरुले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई पनि भेटेर एकताको बारेमा मौखिक जानकारी गराएका छन् ।  

गएराति दुई पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप