प्रधानमन्त्री ओलीले नेताहरुलाई भने, 'अध्यादेश फिर्ता हुन्छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् ।
‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले बतायो ।
आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । नेकपा उच्च स्रोतका अनुसार पार्टीभित्रै विवाद भएपछि ओली ब्याक हुन तयार भएका हुन् ।
यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल थालेका छन् ।
नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको थियो । दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।
गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ । ‘खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको छ,’ स्रोतले रातोपाटीलाई भन्यो, ‘नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न दुवै नेता तयार हुनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता
-
छुटे धवलशमशेर, ३ तस्बिरमा हेर्नुहोस्
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)