प्रधानमन्त्री ओलीले नेताहरुलाई भने, 'अध्यादेश फिर्ता हुन्छ'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् ।
‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले बतायो ।
आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । नेकपा उच्च स्रोतका अनुसार पार्टीभित्रै विवाद भएपछि ओली ब्याक हुन तयार भएका हुन् ।
यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल थालेका छन् ।
नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको थियो । दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।
गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ । ‘खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको छ,’ स्रोतले रातोपाटीलाई भन्यो, ‘नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न दुवै नेता तयार हुनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण