भारतीय टिभीका यी हुन् ८ लोकप्रिय अभिनेत्री
मुम्बई । बलिउड फिल्म झै भारतीय टिभी जगतमा पनि एकसेएक अभिनेत्री छन् । जसले आफ्नो मिहिनेतबाट यो सफलता हासिल गरेको देख्न सकिन्छ । आज हामी केही यस्ता टिभी अभिनेत्रीको चर्चा गर्दैछौ । जो भारतको सानो शहरमा जन्मिए पनि मुम्बई शहरमा आएर टिभी जगतमा ठुलो सफलता प्राप्त गर्न सफल भए । ती अभिनेत्रीको लोकप्रियता फिल्म अभिनेत्रीको झै बढ्दो छ ।
आशा नेगी :
आशा नेगी एक लोकप्रिय टिभी अभिनेत्री हुन् । श्रृङ्खला ‘पवित्र रिश्ता’को अभिनयमार्फत उनले लाखौं दर्शकको मन जितेकी थिइन् । यी अभिनेत्रीको अहिले ब्वाइफ्रेण्ड ऋत्विक धनजानीसँग ब्रेकअफ भएको खबर बाहिर आएको छ ।
देवोलिना भट्टाचार्जी:
देवोलिना भट्टाचार्जी स्टार प्लसको ड्रामा सिरिज ‘साथ निभाना साथिया’मा बुहारीको भूमिका निर्वाह गरेर चिनिएकी थिइन् । देवोलेना बिगबोस १३ मा सहभागी भएकी थिइन् ।
दिव्यांका त्रिपाठी:
दिब्यांका त्रिपाठीले स्टार प्लसको शो ‘ये है मोहब्बते’ मा इशिता भल्लाको भूमिकामा थिइन् । उनी टिभीको टप अभिनेत्रीमा समेत पर्ने गरेकी छन् । उनी भोपालकी स्थायी बासिन्दा हुन् ।
कृतिका सेन्गर:
कृतिकले टिभी उद्योगमा ‘झाँंसी की रानी’ र ‘कसम तेरे प्यार कि’ बाट चिनिएकी छन् ।
रति पाण्डे:
अभिनेत्री रति पाण्डे बिहारकी स्थायी बासिन्दा हुन् । पोरस, हिटलर दीदी, माइली जव हम तु, बेगुसरायलगायत कयौं धाराबाहिक श्रृंखलामा उनको काम लोक प्रिय मानिन्छ ।
रुबिना दिलैक:
रुबिना दिलैकले श्रृखला ‘छोटी बहु’को ‘राधिका’को भूमिकाबाट लोकप्रियता हासिल गरेकी हुन् । रुबिना शिमलाकी स्थायि बासिन्दा हुन् ।
शिवाङ्गी जोशी :
शिवाङ्गी जोशी सुन्दर, प्रतिभाशाली र स्मार्ट अभिनेत्रीमा पर्दछिन् । उनी दर्शकमा नायराको नामबाट चिनिन्छन् । श्रृंखला ‘ये रिश्ता क्या कहलाता है’मा आफ्नो सानदार अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल उनी देशरादुनकी स्थायी बासिन्दा हुन् ।
श्वेता तिवारी :
९० को दशकमा श्वेता रिवारीले टिभी शो ‘कसौटी जिन्दगी’ मा प्रेरणा बसुको भूमिका निर्बाह गरेर लोकप्रियता हासिल गरेकी थिइन् । उनको घर उत्तर प्रदेश प्रतापगढमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना