शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली-प्रचण्ड भेटवार्ता : नयाँ ढङ्गले अघि बढने निष्कर्ष

बिहीबार, ११ वैशाख २०७७, १२ : ३९
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो । दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ । ‘खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको छ,’ स्रोतले रातोपाटीलाई भन्यो, ‘नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न दुवै नेता तयार हुनुभएको छ ।’

सरकारले अध्यादेश ल्याएपछि बुधबार मात्रै नेकपाका २० जना नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप