नवगठित जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा
काठमाडौँ । राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो ।
नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, वीरेन्द्र ठाकुर, दीपक राई, मिथिलेश कुमार सिंह, फणिन्द्र देवकोटा, केशव अर्याल र नारायण खरेल निर्वाचन आयोग पुगिसकेका छन् ।
नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए ।
लकडाउनका कारण कर्मचारीहरु आउन ढिलाइ भएका कारण उनीहरुको पनि प्रतिक्षा भइरहेको नेताहरुको भनाइ छ ।
पार्टी फुटको बारेमा प्रश्न गर्दा नेताहरुले आज आफूहरुको मात्र पार्टी दर्ता हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा