शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितमा पुरुष धेरै, संक्रमितमध्ये अधिकांशमा लक्षण नै देखिएन

बिहीबार, ११ वैशाख २०७७, ०६ : ३५
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।

संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् । 

उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप