बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाडा अटो शो : अभिनेत्री प्रियंकाको रोजाई जेस्ट कार (फोटोफिचर)

शनिबार, १७ भदौ २०७४, १७ : ४५
शनिबार, १७ भदौ २०७४

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा गत भदौ १३ गतेदेखि सुरु भएको नाडा अटो शोमा अवलोकनकर्ताको भीड बाक्लिदै गएको छ । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा भइरहेको यो प्रदर्शनीमा सवै उमेर समूहका व्यक्तिको आकर्षणसमेत बढ्दै गएको छ । 

यो अटो मेलामा थुप्रै कम्पनीले चार पांग्रे, दुई पांग्रे र हेवी गाडीहरु प्रदर्शनीमा छन् । त्यसमध्ये पनि टाटा मोटर्सका उत्पादनमा अवलोकनकर्ताको आकर्षण बढी देखिएको छ । टाटाको चा पांग्रे सवारीमा धेरैको रुची देखिएको हो । टाटाले नाडा अटो शो को अवसर पारेर सार्वजनिक गरेको आफ्नो आकर्षक फिचर सहितको नयाँ का ‘हेक्जा’ धेरैले रुचाएका छन् ।
 
टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार मेलामा टाटाको टियागो, वोल्ट, टिगोर, जेस्ट, इन्डिका, इन्डिगो, सुमो लगायतका गाडी राखिएका छन् । ती गाडमिा धेरैको आकर्षण रहेको र बुकिङसमत भइरहेको कम्पनीले जनाएको छ । 

महंगा र लग्जरियस कारका रुपमा नाडामा देखिएका अन्य गाडीमा टाटा मोटर्सको हेक्जा बिषेश छ । हेक्जामा प्रोजेक्टर हेडल्याप्म, १९ ईन्च एलोय व्ह्ील, एलईडी टेल ल्याम्प र जवीएल अडियोे सिस्टमका १० स्पिकर रहेका छन् । हेक्जा २.२ लिटर डिजल ईन्जिनमा १५० पीएस÷३२० एनएम वा १५६ पएिस÷४४० एनएम सहित उपलब्ध छ । 

नाडा अटोशोमा टाटाको स्टाईल ब्याक टाटा टिगोर, अवार्ड विजेता कम्प्याट सेडान टाटा जेस्ट, नेपालकै पहिलो मल्टी ड्राइभ ह्याच्– टाटा बोल्ट र प्रिमियम यूवी, टाटा हेक्जाको  अनावरण गरिएको कम्पनीले जनाएको छ । यसको मुल्य ७४ लाख ९५ हजार रुपैयाँ छ । 

उत्कृष्ट भएकाले जेस्ट रोजे : प्रियंका

नेपाली चलचित्रकी चर्चित अभिनेत्री प्रियंका कार्की पनि टाटाको उत्पादन जेस्टको प्रयोगकर्ता हुन् । उनले करिव ६ महिना अघि यो कार खरिद गरेकी हुन् ।
 
सवारी पारखीका रुपमा रहेकी प्रियंकाले टाटाको जेस्ट उत्कृष्ट फिचर, आरामदायी र आधुनिक मात्र नभई हेर्दै आकर्षक भएकाले आफ्नो रोजाइमा परेको बताइन् । 

‘म जेस्टको प्रयोगकर्ता हुन पाएकोमा दंग छु’, अटो मेलामा टाटाका गाडीसँग फोटो सुट गराउँदै प्रियंकाले भनिन्, ‘यस्तो आामदायी, बलियो, उच्च माइलेज र उत्कृष्ट कारमा यात्रा गर्दा निक्कै सहज महशुस गरिरहेकी छु ।’ उनले आफुले राजधानीजस्तो भीडभाड र कोलाहल भएको ठाउँमा यति उत्कृष्ट र बलियो इन्जिन भएको गाडी चढ्न पाएकोमा खुसी रहेको बताइन् । 

अभिनेत्री कार्कीले आफुले यो गाडी प्रयोग गर्नथालेदेखि सावरीमा समसया नभएको समेत बताइन् । ‘मैले एकदमै किफयती र भपर्दो गाडीका रुपमा जेस्ट रोजे’, उनले रातोपाटीको जिज्ञासामा भनिन्, ‘यो गाडी प्रयोगकर्ताले अहिले आफूले जस्तै आनन्द महशुस गरिरहेका होलान् भन्ने ठानेकी छु ।’ उनले गाडी बाहिरी–भित्री रुपमा समेत निक्कै सुन्दर रहेको तर्क समेत राखिन् । 

प्रियंकाको कारको मूल्य ३३ लाख ९५ हजार रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप