प्रधानमन्त्री ओलीले प्रचण्डलाई साक्षी राख्दै सांसदहरुलाई भने– ढुक्क हुनुस् नेकपा फुट्दैन
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरुलाई नेकपा कमजोर हुन्छ भन्ने नठान्न आग्रह गरेका छन् ।
बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाहीबाट नेकपा कमजोर हुने नभइ थप मजबुत बन्दै जाने बताएका हुन् ।
‘राजनीतिक पार्टी विचारले एकताबद्ध हुन्छ । हाम्रो पार्टीमा विचार छ । पार्टीले अघि सारेको विचारलाई सबैले आत्मसात गर्ने कुरा हो । अहिले अध्यादेशका बारेमा धेरै कुरा बाहिर आएका छन् । कतिपयले अध्यादेशका कारण नेकपा कमजोर भयो सक्कियो समेत भनेको सुनेको छु । तर तपाईंहरु ढुक्क हुनुस् नेकपा कमजोर हुदैन, बरु बलियो बन्छ’, प्रधानमन्त्री ओेलीले सांसदहरुलाई आश्वसन दिँदै भनेका थिए ।
पार्टीमा समेत छलफल नै नगरी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संशोधन गर्दै खुकुलो पारेकोे थियो भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि संशोधन गरेको थियो ।
सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए ।
‘हामीले हाम्रो पार्टी बलियो बनाउने हो । अरुले पनि आआफ्नै पार्टी बनाउने हुन् । हामीले अर्काको पार्टी बनाउने होइन । त्यसैले तपाईंहरु आत्तिनु पर्दैन । नेकपा र सरकारले बाटो बिराएको छैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद लालबाबु पण्डितले रातोपाटीसँग भने, लोकतान्त्रिक अभ्यास अनुसार नै अध्यादेश ल्याएको हो । अब त्यो संसदमा जान्छ । छलफल हुन्छ । पारित हुने नहुने संसदले नै गर्छ । त्यसैले तपाईंहरु के के न भयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’
उक्त छलफलमा प्रदेश २ बाहेक सवै प्रदेशका सांसदहरु सहभागी बनेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले भने नेकपाको स्थापना दिवसबारे शुभकामना मात्रै व्यक्त गरेका थिए ।
बाँकी अधिकांश समय ओलीले मात्रै अध्यादेश, सरकार र लकडाउनबारे सरकारका योजना सुनाएका थिए । छलफलमा समयअभाव र प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै सांसदहरुले दोहोरो प्रश्न नगरेको नेता पण्डितले जानकारी दिए ।
छलफलमा सुदूरपश्चिम प्रदेश, प्रदेश एक, वागमति प्रदेश,गण्डकी प्रदेश, कर्णाली र प्रदेश पाँचका सांसदहरु सहभागी थिए ।
छलफलमा सहभागी सांसद प्रेम आलेका अनुसार संसद नचलेको अवस्थामा अध्यादेश ल्याउन आवश्यक भएकाले ल्याइएको प्रधानमन्त्री ओलीले स्पस्ट पारेको बताए ।
‘संसद चल्ने अवस्था छैन । संवैधानिक आयोगहरु रिक्त बनाउने अवस्था पनि छैन । यस्तो बेलामा संविधान अनुसार नै अध्यादेश ल्याएको हो । यो नियमित र प्रक्रियागत काम नै हो, यसले पार्टी फुट्दैन,’ प्रधानमन्त्रीकोे भनाई उद्धृत गर्दै आलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे