शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुक्ने युवकलाई जेल सजाय

बुधबार, १० वैशाख २०७७, १३ : २१
बुधबार, १० वैशाख २०७७

ब्रान्डन वालेस नामका २१ वर्षका एक युवकलाई घरेलु हिंसा गरेको र आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुकेको आरोपमा ६ महिनाको जेल सजाय तोकिएको लण्डनको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै ती व्यक्तिले गत सोमबार एक महिलामाथि घरेलु हिंसा गरेको र उनको सम्पत्तिमा भौतिक क्षती पुर्याएको जानकारी दिइएको छ । पुलिसका अनुसार ती व्यक्तिले आफूलाई कोभिड–१९ को संक्रमण भएको बताउँदै पुलिस भ्यानमा राख्ने क्रममा दुई पुलिस अधिकारीलाई थुकेका थिए । उनलाई पछि प्रहरी र महिलामाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा चलाइएको थियो ।

ती व्यक्तिमा हिरासतमा रहँदा कुनै पनि प्रकारको कोरोनाभाइरसको लक्षण नदेखिएको जानकारीमा उल्ल्ख छ । उनी मंगलबार बार्किङसाइड मजिस्ट्रेट कोर्टमा उपस्थित भएका थिए जहाँ उनलाई अपराधी ठहर गरी सजाय सुनाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप