टेकु अस्पतालको आइसोलेनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ
बुधबार, १० वैशाख २०७७, १२ : ११

काठमाडौं । र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
दुई पटक गरिएको र्यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो ।
उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।
हालसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल