अछाममा २० वर्षीया युवतीको आरडीटी परीक्षण पोजेटिभ

अछाम । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा ती युवतीको रिपोर्ट पोजिटिभ आएको हो ।
ती युवती काठमाडौँबाट आएको र अन्य ५ जना आफ्नो डडेल्धुरा वसेको परिवारलाई भेटी अछाम आएको वान्नीगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र खडकाले रातोपाटीलाई जानकारी दिए ।
अहिले ६ जनालाई नै वयलपाटा अस्पतालमा पठाएको र सवैको स्वाव संकलन गरी धनगढीको पीसीआर मेसिनमा चेक गर्न पठाइन थालेको उनले बताए । वान्नीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तबहादुर रावलले दुई पटकसम्म पनि आरडीटी वाट चेक गर्दा ती युवतीमा पोजिटिभ रिपोट नै आएको बताए ।
उनीसँगै क्वारेन्टाइनमा बसेका ५ जनाको भने रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । ६ जनाको हिजो साँझ आरडीटी परीक्षण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने