शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा २० वर्षीया युवतीको आरडीटी परीक्षण पोजेटिभ

बुधबार, १० वैशाख २०७७, १२ : ०९
बुधबार, १० वैशाख २०७७

अछाम । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने  २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा ती युवतीको रिपोर्ट पोजिटिभ आएको हो ।

ती युवती काठमाडौँबाट आएको र अन्य ५ जना आफ्नो डडेल्धुरा वसेको परिवारलाई भेटी अछाम आएको वान्नीगढी गाउँपालिकाका अध्यक्ष  राजेन्द्र खडकाले रातोपाटीलाई जानकारी दिए ।

अहिले ६ जनालाई नै वयलपाटा अस्पतालमा पठाएको र सवैको स्वाव संकलन गरी धनगढीको पीसीआर मेसिनमा चेक गर्न पठाइन थालेको उनले बताए । वान्नीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तबहादुर रावलले दुई पटकसम्म पनि आरडीटी वाट चेक गर्दा ती युवतीमा पोजिटिभ रिपोट नै आएको बताए ।

उनीसँगै क्वारेन्टाइनमा बसेका ५ जनाको भने रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । ६ जनाको हिजो साँझ आरडीटी परीक्षण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप