आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।
भने हालको देशको मौसम मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू(भागका एक(दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला