बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा फेरि अर्का नेपालीको संक्रमणबाट मृत्यु

बुधबार, १० वैशाख २०७७, ०७ : ००
बुधबार, १० वैशाख २०७७

लण्डन – कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । 

बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो । 

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत आएका हुन् । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् । 

पारिवारिक स्रोतका अनुसार ढाडको समस्याबाट पीडित रहेका गुरुंगको गत डिसेम्बरमा काठमान्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको थियो ।

त्यसपछि केहिसमय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए । ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो । 

भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो । 

दुई दिनपछि अस्पताललेपरिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए। 

मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु  हुने गैर आवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरुमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप