आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१९ एसपी एसएसपीमा बढुवा सिफारिस, को–को परे ?

मङ्गलबार, ०९ वैशाख २०७७, २२ : ०७
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सरकारले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । मंगलबार बसेको बढुवा समितिको बैठकले सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले विष्णुकुमार केसी, वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह लगायतलाई बढुवामा सिफारिस गर्ने निर्णय गरेको छ । बढुवा सिफारिसमा पर्नेहरुमा किरण राणा, मुकेशकुमार सिंह, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, नवराज भट्ट, लालमणि आचार्य, ह्रृदय थापा, राजकुमार वैदवार,  र चन्द्रकुवेर खापुङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप