काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्यो, जडिबुटीमा भीड
काठमाडौं । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भीड लागेको छ । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् । मंगलबार काठमाडौंको जडिबुटीमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन् ।
मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारीसाधनको प्रतिक्षा गरिरहेका देखिन्छन् । लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन् ।
यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको थियो । सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ । तर राहत थोरै हुने र यसले जिविको पार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिंडेरै घरतिर जान थालेका थिए ।
यसबाट झन ठूलो समस्या आउने भएपछि कतिपय जनप्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसहरुको उद्दार गर्न लागेका हुन् । जसले गर्दा मंगलबार काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो । पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिसहरु सवारी साधनको प्रतिक्षा गरिरहेका थिए । सुरक्षाकर्मीहरुले समेत सहजीकरणको काम गरिरहेको देखिन्थ्यो । स्थानीय तह र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पु¥याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य