शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरबलको चतुरता

मङ्गलबार, ०९ वैशाख २०७७, १८ : २३
मङ्गलबार, ०९ वैशाख २०७७

अहिले हामी लकडाउनको पालना गरेर घरमै बसिरहेका छौँ । यो बिदामा मैले घरको काममा बाबा आमालाई सघाउने, बहिनीलाई फकाउने, गीत, कविता, लेख लेख्ने गरेको छु । साथै बाबाआमाले सुनाउनुभएका कथा र धेरै कुरा सुनेको छु । मलाई आजभोलि बाबाले अकबर वीरबलको कथा सुनाउनुभएको छ । बाबाले सुनाउनुभएको अकबर वीरबलको कथा सुन्दा सुन्दा मैले पनि एउटा कथा लेखेको छु ।

एकादेशमा अकबर नाम गरेका एउटा राजा थिए । उनका वीरबल नाम गरेका मन्त्री थिए । अकबरले अरू दरबारियालाई अनौठा अनौठा काम गर्न लगाएर आनन्द लिने गर्थें ।

एक दिन उनले वीरबललाई भने सबै दरबारियालाई बोलाएर बैठक राख । नआउने भारदारलाई सजाय मिल्ने कुरा बताए । राजाको आदेशले वीरबलले बैठक बोलाए । सबै दरबारिया भारदार अचम्म मान्दै आए । राजा पनि आए र बैठक सुरु गरे ।

राजाले सबैलाई एउटा एउटा फुटबल र घैँटो दिँदै भनेछन्– यो बल कसले घैँटोभित्र हाल्न सक्छ । तीन दिनभित्र आउनु तर बल र घैँटो कुनै पनि फुटाउन पाइँदैन । फुटाउनेलाई सजाय मिल्नेछ ।

 सबै अचम्म मान्दै बल र घैँटो लिई घर गएछन् । पाँचौँ दिनसम्म पनि कोही नआएपछि राजाले वीरबलसँग चिन्ता व्यक्त गरेछन् । वीरबलले पनि हजुरले इनामको घोषणा नगरेर हो । इनामको घोषणा गरेपछि कोही न कोहीले ल्याउने छ भनेछन् ।

अनि राजाले तुरुन्त बैठक राखेछन् । सबै दरबारिया भारदार डराइ डराइ बैठकमा आए । तर राजाले कसैलाई गाली गरेनन् बरु इनामको घोषणा गरेछन् । त्यसपछि सबैजना घर गएछन् । वीरबलले रामलाई भनेछन् राम तिमीले बलको हावा निकाल र बललाई घैंटोमा राख अनि हावा भरेर राजाकोमा लैजाऊ ।

रामले पनि वीरबलले भनेझैँ गरेछ र राजाकोमा गएछ । घैँटोभित्र बल देखेपछि राजा दङ्ग पर्दै बैठक डाकेछन् र रामलाई इनाम दिएछन् र आइतबार बोलाएछन् । रामलाई घैँटोमा बल हाल्न कसले सिकायो भनेर सोधेछन् । सुरुमा त रामले भनेनछ । तर राजाले धेरै कर गरेपछि बीरवलले सिकाएको कुरा बताएछ । त्यसपछि राजाले वीरबलको चतुरता र बुद्धिको प्रशंसा गरेछन् ।

कथा सकियो । ‘सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । यो कथा वैकुण्ठ जाला । भन्न चाहेको बेला खुरुखुरु खुरुखुरु मुखमा आइजाला ।’

Title Photo: https://i.ytimg.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेरो प्रयास
मेरो प्रयास
लेखकबाट थप