बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच कैलालीमा आयोजनाहरुको काम अघि बढाइँदै

मङ्गलबार, ०९ वैशाख २०७७, १५ : ०१
मङ्गलबार, ०९ वैशाख २०७७

कैलाली । कैलालीमा साना तथा ठुला आयोजनाहरुको काम अघि बढाइन लागेको छ । निर्माण कम्पनीहरुले सुरक्षा मापदण्डको पालना गरी स्थानीय प्रशासनको अनुमतिमा काम अघि बढाउन लागेका हुन् ।

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेपछि ठुला तथा साना योजनाहरुको काम प्रभावित भइरहेका बेला कैलालीमा भने कामलाई सुचारु गर्न लागिएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
लकडाउनका कारण रोकिएका योजनाहरुको कामहरु कामदारको सुरक्षालाई पूर्ण रुपमा ध्यानमा राख्दै सञ्चालनमा ल्याउन संघीय तथा प्रदेश सरकारले निर्णय गरेको थियो । 

बोहराले अहिले निर्माण कम्पनिहरुले अनुमति लिनका लागि निवेदन पेश गरिरहेको बताए । उनका अनुसार कैलाली प्रशासनबाट मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना र कैलालीको धनगढी र कञ्चनपुरको रैकवारविचवा जोड्ने पुल आयोजनालाई अनुमति दिइसकिएको छ । 

उनले अहिले प्रशासनमा अन्य पाँच आयोजनाहरुले अनुमतिका लागि निवेदन पेश गरिएको पनि बताए ।

सरकारले महत्त्वपूर्ण योजनाहरु सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिइएको बताइन्छ । उनले मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराई कोरोना संक्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको बताए ।

उनका अनुसार मजदुरहरुले सरसफाइमा ध्यान दिनुपर्ने, मुखमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुपर्ने, नियमित स्वास्थ्य चेकजाँच गरिनुपर्ने, आयोजना स्थलमा भौतिक दुरी कायम गर्नुपर्ने, मजदुरहरु विरामी भए तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने लगायतका मापदण्ड बनाइएके छ । 

योजनाको काममा कुनै पनि बाधा अबरोध भएमा सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर निर्माणका लागि आवश्यक पर्ने सहयोग गरिरहेका प्रमुख जिल्ला बोहराले जानकारी दिए ।
उनले योजनाको अवस्था, भौतिक प्रगति लगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप