सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

सोमबार, ०८ वैशाख २०७७, १८ : ५९
सोमबार, ०८ वैशाख २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् ।

 मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेकाे केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् । 

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप