बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२ सय थान पीपीई हस्तान्तरण

सोमबार, ०८ वैशाख २०७७, १८ : ३०
सोमबार, ०८ वैशाख २०७७

काठमाडौ– नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धताअनुरुप संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले १,२०० व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्सहरु आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपाल, चीन र यूएनएफपीए बीचको दक्षिण–दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको थियो । तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन९५मास्क, फेस सिल्ड,आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ्इम्पर्भियस गाउन, डिस्पोजेबल ब्यागर गम् बुट्स रहेका छन् । 

पीपीई किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेले किट्सहरु सही सयममा आइपुगेको र यसले कोभिड–१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने बताए । उनले सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद दिए।

“नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्र पंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ,” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भने । “नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।”

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स)  प्रदान गरिरहेको छ । यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप