आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेकपाको ९ सदस्यीय सचिवालयमा को कता ?

सोमबार, ०८ वैशाख २०७७, १७ : ४३
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदबाट पारित भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड मानिने सचिवालय बैठक बस्दैछ । 

उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल रामबहादुर थापा बादल रहेका छन् । 

जसमध्ये पूर्व माओवादीका ३ र पूर्व एमालेका ६ जना छन् । तर पछिल्लोे समय नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षमा सात र ओली पक्षमा ओलीसहित ईश्वर पोखरेल गरेर २ जनामात्र छन् । 
महासचिव विष्णु पौडेलले समेत ओलीको साथ छोडेका छन् । 

मन्त्रिपरिषद्को बैठक लगत्तै प्रचण्डको अग्रसरतामा सचिवालय बैठक बोलाइएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप