आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले पार्टी फुटाउने बाटो सजिलो बनाएपछि बोल्यो काँग्रेस

सोमबार, ०८ वैशाख २०७७, १७ : ४०
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह दिएको छ  सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका हुन् ।

 संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ ।  सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा जोड दिए । 

यस्तै काँग्रेसका संगठन विभाग प्रमुख गोपानमान श्रेष्ठले सरकारले अध्यादेश ल्याउनुको कारण प्रस्ट्यानु पर्ने बताए ।  उनले रातोपाटीसँग भने, 'यस्तो संकटका बेला सरकारले गर्नुपर्ने काम नगरेर किन उल्टो उल्टो काम गरिरहेको छ ? कुन पार्टी फुटाउन सरकारले यस्तो अध्यादेश ल्याउन हतारो गरे ? यसबारे सरकारले प्रस्ट्याउनुपर्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप