आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई ओलीले बोलाए बालुवाटार

सोमबार, ०८ वैशाख २०७७, १७ : ०५
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।

 मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् । 

ओलीले गौतमलाई फोन गरेर केही सल्लाह छ तपाईँ बालुवाटार आउनुर्यो भनेर बोलाएका हुन् । ओलीको फोनपछि गौतम अहिले बालुवाटार पुगेका छन् ।

 पछिल्लो समय गौतम ओलीसँग चिढिएका छन् । ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा गौतम ओलीसँग रुष्ट छन् । 

यसैबीच नेकपाको सचिवालय बैठक आजै बालुवाटारमा बोलाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप