कोरोनाभाइरसको संक्रमणसँग जोडिएका यी पाँच झुट, जसको वास्तविकताबारे थाहा पाउनैपर्छ
कोरोनाभाइरसको विषयमा झुटो र भ्रामक खबर सोसल मिडियामा डढेलोजसरी फैलन्छ र बीबीसीको समूहले यस्ता कुरामा वास्तविकता भए नभएको अनुसन्धान गरी वास्तविक तस्बिर पाठकसमक्ष राख्ने कोसिस गर्दै आएको छ ।
बीबीसी मोनिटरिङ, ट्रेन्डिङ र रियालिटी चेकको समूहले यस्ता पाँच खबरमाथि अनुसन्धान गरेर त्यसको वास्तविकता खोतलेका छन् ।
बीसीजी खोपबारे झुटो दाबी
ह्वाट्सएपमा यस्ता मेसेज फरवार्ड गरिँदै थिए जसमा बीसीजी खोपले कोरोनाभाइरसको संक्रमणलाई रोक्ने बताइएको थियो । यो दाबी आधारहीन र गलत थियो ।
बीसीजी अर्थात् बेसिलक क्लमेट गुएरिनको खोपले बालबालिकालाई क्षयरोगबाट बचाउनका लागि दिइने गरिन्छ ।
सन् २००५ सम्म ब्रिटेनको स्कूले बालबालिकाबीच यो एक साधारण रोग हुने गर्दथ्यो ।
बेलायतमा बीसीजी खोप आज पनि दिइन्छ । नेपालमा पनि नवजात शिशुलाई यो खोप दिने गरिन्छ ।
अरबी भाषामा ह्वाट्सएप मेसेजः
ह्वाट्सएपमा अरबी भाषमा एउटा मेसेज खुब चर्चित भइरहेको छ जसमा बताइएको छ यदि तपाईंको पाखुरामा खोप लगाएको गोलो दाग छ भने तपाईं कोभिड–१९ बाट ७५ प्रतिशत सुरक्षित हुनुहुन्छ ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘बीसीजीको खोपले कोभिड–१९ को संक्रमणबाट जोगाउँछ भन्ने कुरामा कुनै प्रमाण भेटिएको छैन ।’
डब्ल्यूएचओले कोभिड–१९ को उपचारको खोजीमा बीसीजीको खोपको विषयमा दुई क्लिनकिल ट्रायल चलिरहेको जानकारी दिँदै यो पूरा भएपछि विश्व स्वास्थ्य संगठनले यसको निष्कर्षको अनुसन्धान गर्ने बताएको छ ।
गुगलले पनि बीसीजीबारे जानकारी खोज्ने व्यक्तिको संख्या संसारभरी अचानक बढेको बताएको छ ।
जसरी बीसीजी खोपको माग बढ्दो छ त्यसले आवश्यकतामा भएका बच्चा समस्या पर्नसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।
जापानले पनि यस्तै चिन्ता व्यक्त गरेको छ । जापान बीसीजी खोपको ठूलो निर्यातकर्ता हो र उसले पनि यसको माग अचानक बढेको जानकारी दिएको छ ।
इरानमा आईआरजीसीका प्रमुखको गलत दाबी
इरानको रिभोल्यूशनरी गार्डस कर्प्स (आइआरजीसी) का प्रमुखले गत हप्ता एउटा यस्तो उपकरण देखाएका थिए जसमार्फत् उनले कोरोनाभाइरस संक्रमितको पहिचान गर्न सकिने दाबी गरेका थिए ।
उनले यो उपकरणले पाँच सेकेन्ड भित्र नै सय मिटर टाढा भएका संक्रमितको सतह पनि पहिचान गर्नसक्ने दाबी गरेका थिए ।
इरानको फिजिक्स सोसाइटीले यो घोषणालाई ‘छद्मविज्ञान’, ‘अपत्यारिलो’ र ‘साइन्स फिक्सनको कहानी’ बताएको छ ।
यो उपकरण हेर्दा त्यो नक्कली ‘बम्ब डिटेक्टर’ झैं देखिन्छ जसलाई दशक पहिले केही बेलायती ठगहरुले बेचेका थिए ।
यी नक्कली बम्ब डिटेक्टर वास्तवमा खाली डब्बा थिए र त्यसमा एउटा एरियल राखिएको थियो । प्रयोग गर्ने व्यक्तिको हातको दिशाको हिसाबले ते एरियल पनि चल्दथ्यो ।
संसारमा गृहयुद्धसँग जुधिरहेका इलाकामा यो नक्कली बम्ब डिटेक्टर पुग्यो र आज पनि केही देशको सरकारले यसको प्रयोग गर्ने गर्छन् ।
इरानको सरकारी टेलिभिजन च्यानलमा यसको डेमो देखाइयो । आइआरजीसीका प्रमुखले जुन उपकरण पेश गरे त्यो निकै हदसम्म योसँग मिल्दोजुल्दो देखिन्थ्यो ।
प्रयोगशालामा बनेको होइन कोरोनाभाइरस
‘इपक टाइम्स’ ले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा कोरोनाभाइरस एउटा प्रयोगशालामा तयार गरिएको विषाक्त भएको दाबी गरिएको छ । फेसबुकले यो भिडियोलाई झुटो बताएको छ ।
रोचक कुरा के हो भने यो भिडियोलाई फेसबुकमा नै करिब सात करोड बढीले हेरे ।
यो भिडियो नेटफ्लिक्सको डकुमेन्ट्री झैं निकै धमाकेदार तरिकाले सुरु हुन्छ । एक घण्टाको उक्त भिडियोमा यो भाइरस ऊहानको एक प्रयोगशालामा तयार गरिएको हो भनेर पुष्टि गर्न खोजिएको छ । यो खराब व्यवस्थापनका कारण त्यहाँबाट चुहिएर मानिसहरुमाझ सरेको भनेर यसमा देखाउन खोजिएको छ ।
बीबीसीका विज्ञान सम्पादक पल रिंकनले भने, ‘ऊहानको कुनै प्रयोगशालामा कोरोनाभाइरस तयार गरिएको हो भनेर अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।’
वैज्ञानिक विश्लेषकमार्फत् प्राप्त जानकारी अनुसार कोरोनाभाइरस जनावरबाट अस्तित्वमा आएको र यसको निर्माण मानिसहरुले गर्न सक्दैनन् ।
मार्चमा जारी गरिएको एक अनुसन्धानमा पनि कोरोनाभाइरस कुनै इन्जिनियरिङको नतिजा नभएको कुरा नै दोहोराइएको छ ।
बिल गेट्सबारे अफवाह
विश्व स्वास्थ्य संगठनलाई अमेरिकी आर्थिक सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयमा बिल गेट्सको आलोचनाले यस हप्ता उनीबारे गलत र भ्रामक खबर एकपटक पुनः फैलिएको छ ।
फेसबुकमा यस्ता थुप्रै पोस्ट देखिएको छ जसमा बिल गेट्सको पैसामा चलिरहेका अनुसन्धान कम्पनीसँग कोरोनाभाइरसको पेटेन्ट (लाइसेन्स) छ भनेर दाबी गरिएको छ ।
यो दाबी पूर्ण रुपमा निराधार छ । कोरोनाभाइरस एक मानव निर्मित विषाक्त हो र यसको पछाडि बिल गेट्सको हात छ भन्ने यी दुई खबर पूर्ण रुपमा झुटा हुन् ।
कोरोनाभाइरसको महामारी झुटो होइन
कोलम्बियाको समाचार च्यानल ‘कनाल मोन्टेरिया’ ले एकजना डाक्टरको अन्तरवार्ता प्रसारण गर्यो । उक्त अन्तरवार्तामा ती डाक्टरले कोरोनाभाइरसको महामारी पूर्ण रुपमा झुटो भएको बताउँदै वास्तवमा यो एक तमाशा भएको बताए ।
यो भिडियो गत महिना प्रशारण गरिएको थियो र अहिलेसम्म यसलाई १ करोड ८० लाखभन्दा बढीले हेरिसकेका छन् । मानिसहरुले यसलाई अहिलेसम्म पनि सेयर गरिरहेका छन् ।
कोरोनाभाइरस अस्तित्वमा नै छैन भनेर दाबी गर्नु पूर्ण रुपमा गलत हो ।
भिडियोमा आफूलाई डाक्टर बताउने व्यक्तिले भने, ‘भाइरसबारे जति पनि थ्योरी दिइएको छ ती सबै गलत छन् । ’ अन्तरवार्ता लिने व्यक्तिले ती डाकटरलाई एकपटक पनि चुनौती दिँदैनन् । यी व्यक्तिले आफ्नो कुरालाई सही प्रमाणित गर्नका लागि युट्युबमा एउटा भिडियो हेर्न सिफारिस गर्छन् जसमा एचआइभीको अस्तित्वलाई पनि अस्विकार गरिएको छ ।
तर उनले यति ठूलो संख्यामा मानिसहरु किन बिरामी भइरहेका छन् भनेर एकपटक पनि कुरा गरेको देखिँदैन ।
रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित ज्याक गुडम्यानको लेख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते