शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७  वर्षीया छोरीको हत्या गरी आत्महत्याको नाटक

सोमबार, ०८ वैशाख २०७७, १२ : ५६
सोमबार, ०८ वैशाख २०७७

पर्सा । छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । 
संजयले आफ्नै छोरी ७  वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते  दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको दावी गरेका थिए । तर संजयलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई उनैले घाटी थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप