गोरखसेवकहरुको राहत : भोकालाई अन्न, प्यासीलाई पानी !
सोमबार, ०८ वैशाख २०७७, १२ : ५१
काठमाडौँ । कारोनाभाइरसको महामारीसँग लड्नका लागि लागू गरिएको लकडाउन लम्बदै गर्दा गरीब तथा मजदुर वर्ग धेरै प्रभावित बनेका छन् । सरकार र स्थानीय तहले सबैलाई राहतको व्यवस्था गरेको दाबी गरिरहँदा अझै धेरैलाई दुई छाक खान पनि सकस परिरहेको छ ।
त्यही भएर संकटको यो घडीमा जनताको स्तरमा राहतको व्यवस्था भइरहेको छ । काठमाडौँको मृगस्थलीका गोरखनाथका अनुयायीहरुले यतिबेला लकडाउनका कारण भोकै रहेकाहरुलाई खानाको व्यवस्था गरिरहेका छन् ।
गोरखनाथको ‘भोकलाई अन्न, प्यासीलाई पानी’ वाणीलाई अनुसरण गर्दै यतिबेला राहतस्वरुप खाना बाँडिरहेको गोरखसेवकहरु बताउँछन् । दैनिक ५ सयभन्दा बढीलाई खाना खुवाइरहेको उनीहरुको भनाइ छ । सोमबार पुरानो बसपार्क क्षेत्रमा उनीहरुले खाना खुवाएका छन् । हेरौँ तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू